काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोली हुन सक्ने भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज भोलि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। साथै मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले अचानक बाढी, पहिरो, भूक्षय, गेग्रान बहाव तथा शहरी र…
काठमाडौँ । साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । कान्सास सिटीस्थित एरोहेड रङ्गशालामा आइतबार बिहान सम्पन्न रोमाञ्चक क्वार्टरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त समयको अधिकांश समय १-१ को बराबरीमा रहेको खेलमा अर्जेन्टिनाले अन्तिम क्षणमा दुई गोल गर्दै जित निकालेको हो । अब अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डले पनि अतिरिक्त समयमा नर्वेलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । अर्जेन्टिनाले खेलको १०औँ मिनेटमै अग्रता लिएको थियो । लियोनेल मेसीको कर्नर प्रहारमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । यो विश्वकपमा मेस्सीको…
काठमाडौं । मेटाले व्यवसायीलाई लक्षित गर्दै ह्वाट्सएपमा नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) आधारित मेटा बिजनेस एजेन्ट सार्वजनिक गरेको छ । मुम्बईमा ह्वाट्सएपको तेस्रो बिजनेस समिटका क्रममा सार्वजनिक गरिएको यो प्रणालीले ग्राहकका प्रश्नको उत्तर दिनेदेखि उत्पादन सिफारिस गर्ने, भेटघाटको समय तय गर्ने र बिक्री बढाउन सहयोग गर्ने काम स्वचालित रूपमा गर्न सक्ने कम्पनीले जनाएको छ । मेटाका अनुसार यो एआई सहायक व्यवसाय र ग्राहकबीचको संवादलाई छिटो, सहज र व्यक्तिगत बनाउन तयार गरिएको हो । आवश्यक परेमा यसले भइरहेको संवादलाई मानव सहयोगी वा ग्राहक सेवा प्रतिनिधिसमक्ष पनि हस्तान्तरण गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ । यो बिजनेस एजेन्टले ग्राहकका जिज्ञासाको उत्तर दिने, व्यवसायको…
काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । सङ्घीय संसद सचिवालयका अनुसार आज राष्ट्रिय सभाको बैठक दिउसो १: १५ बजेदेखि शुरु हुदैछ । आजको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ भने कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ । त्यस्तै आजको संवैधानिक आयोग राष्ट्रिय समावेशी आयोगको आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।
काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने भएको छ । हाल वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लैजाने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू गएराती वीर अस्पताल पुगेका थिए । उनीहरूले वीर अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिका बारेमा प्रत्यक्ष जानकारी लिएका थिए । चिकित्सकहरूसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उनीहरूले बिरामीलाई तत्काल…