जुम्ला । जुम्लाको हिमा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आईतबार हिमाको गत आ.व २०८१/०८२ को वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा हिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले वार्षिक भौतिक तथा वित्तिय प्रगति प्रस्तुत गरेका थिए । गत आवमा विकास निर्माण, कृषि, पर्यटन, खानेपानी, सिँचाई, विधालय, सडक, भवन लगायतका पूर्वाधार निर्माण तथा चालु तर्फका जनचेतनात्मक तथा उत्पादनमुलक गरी ६१ वटा योजना तथा कार्यक्रम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले बताए । उनका अनुसार चालु तथा पुँजिगत तर्फका ६१ वटा योजना र कार्यक्रम सम्पन्न हुँदा ७ करोड २१ लाख ७ हजार ४६३…
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले यस पटक नझुक्ने बताएका छन् । एक भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले पार्टीमा रिफर्म गर्ने की नगर्ने भन्ने दुई पक्षीय विचारको द्वन्द भएको बताउदै आफुहरु यस पटक नझुक्ने र नझुक्किने स्पष्ट गरेका छन् । महामन्त्री थापाले आफुहरु चुनावमा जानुभन्दा अगाडी पार्टीमा रिफर्म हुनुपर्ने अडानमा रहेको भन्दै देशभरका नेता कार्यकर्तालाई नआत्तिन र संगठनको काममा निरन्तर लाग्न आग्रह गरेका छन् । महामन्त्री थापाले भनेका छन्- 'पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ, हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ। सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ। जेनजी आन्दोलनपछि परिस्थिति फरक…
काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई सरकारले तत्काल जनही १५ हजार राहत दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका २ हजार ४२९ जनालाई १५ हजार राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् । बैठकले प्रदेश तथा स्थानीय सरकार शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारले प्रदान गर्ने करिब ५ मिलियन अमेरिकी डलर तथा स्वीस सरकारले प्रदान गर्ने २.१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना गर्न आवश्यक अध्ययनगरी सुझाव…
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल चितवन राइनोज र कर्णाली याक्स बीच हुदैछ । यो खेल बिहान ११: ४५ बजेदेखि शुरु हुदैछ । कुशल मल्लको कप्तानीमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाल जस्ता राष्ट्रिय खेलाडी रहेका छन् भने रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी जस्ता विदेशी खेलाडी रहेका छन् । त्यस्तै सोमपाल कामीको कप्तानीमा गुलशन झा, नन्दन यादव, पवन सराफ, जस्ता राष्ट्रिय खेलाडी रहेको कर्णाली याक्समा जयकिशन कोलसावाला, म्याक्स ओ'डाउड, प्रियांक पञ्चाल, मार्क वाट र नाजिबउल्लाह जद्रान जस्ता विदेशी खेलाडी समेत रहेका छन्…
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईलाई गएराती भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो । सोमबार मात्र प्रसाईंले जेनजी आन्दोलनका क्रममा सिहदरबार, सर्वोच्च अदालत लगायत आगजनी गरिएको र सुशिला कार्कीलाई प्रधानमन्त्री बनाइएको विषयमा पत्रकार सम्मेलन गरेर भिडियो सार्बजनिक गरेका थिए । उनले गृहमन्त्री ओम प्रकाश अर्यालको आन्दोलनको भूमिकाका बारेमा समेत कैयौं आरोप लगाएका थिए । उनले आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको चेतावनी दिइरहेका थिए ।