काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका कार्यक्रम प्रकाशित गरेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) र समानुपातिका निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोधलगायतका कार्यक्रम सार्वजनिक गरिएको हो । निर्वाचन कार्यक्रम अनुसार प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन पत्रको दर्ता माघ ६ गते तोकिएको छ । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गरिने आयोगले जनाएको छ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेको अवधिमा उम्मेदवारको सूची प्रकाशित गरिनेछ । त्यस्तै माघ ७ गते उम्मेदवारको विरोधमा उजुरी दिने गरी बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारित छ…
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितीमा जमलस्थित चेम्बर भवनमा समसामयिक अर्थतन्त्रबारे वृहत छलफल गरेको छ । जेन्जी आन्दोलन पछिको अर्थतन्त्र, लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र रोजगारी सिर्जना जस्ता विषयमा चेम्बर पदाधिकारी, निजी क्षेत्रका अन्य विभिन्न संगठनका प्रतिनिधी सहित छलफल भएको थियो । कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थमन्त्री खनाल समक्ष, वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सुरक्षा, कर सम्वन्धी व्यवस्था, पुँजीगत खर्च सुधार, घर जग्गा कारोबार र सहकारी लगायतका विषय समावेश गरेर विभिन्न सुझाव प्रस्तुत गरेका थिए । अध्यक्ष अग्रवालले लगानीकर्ताहरुको खस्किएको मनोबल उकास्न एवं लगानीमैत्री वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति गरिनुपर्ने बताए- 'जसरी…
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया डिभिजन बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादवसमेत ४ जना र सान्दर्भिक मिडिया नेटवर्कविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले डिभिजनको विज्ञापन प्रकाशित गर्दा मिलोमतोमा लुकाएर अनिमियता गरेको भन्दै डिभिजन प्रमुख किशोरी प्रसाद यादव र लेखापाल प्रदिप दास, सान्दर्भिक मिडिया नेटवर्क तथा उक्त कम्पनीको प्रबन्धक निसान्त सिग्देल र प्रभाव पब्लिकेशनका बजार प्रबन्धक सन्तोषराज खरेलविरुद्ध मुद्धा दायर गरेको जनाएको छ । अख्तियारले उनीहरुविरुद्ध ३ लाख १६ हजार ५७० बिगो तोकेर कानुन अनुसार सजायको माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।
काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टी भावी कार्यक्रमको तयारीमा जुटेको छ । १० भन्दा बढी दलको एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा समेत दर्ता भइसकेको अवस्थामा भावी कार्यक्रम तय गर्न पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा उपलब्ध पूर्व पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको छ । बैठकमा प्रदेशका उपलब्ध पदाधिकारीहरूको पनि उपस्थिति छ ।बैठकमा प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रम गर्ने बारे, स्थान र समय तय गर्ने बारे पनि छलफल भइरहेको संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
काठमाडौँ । काठमाडौँ । आर्थिक वर्ष २०८२- ८३ को तीन महिनामा सरकारको चालु खाता २३७ अर्ब ५९ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको तीन महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्टमा चालु खाता २३७ अर्ब ५९ करोडले बचतमा रहेको जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ११५ अर्ब ३६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ६९ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ५५ करोड रहेको छ । अघिल्लो…