बुटवल । गोरुसिंगे-सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने भएको छ । गोरुसिंगे सन्धिखर्क सडकअन्तर्गत शितगंगा नगरपालिकामा पर्ने ठाडादेखि घुम्ती सडक खण्डमा मर्मत एवं स्तरोन्नतिको लागि दैनिक ६ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । जिल्लाको सर्वपक्षीय बैठकको निर्णयअनुसार आजदेखि मंसिर १० गतेसम्म दैनिक बिहान १० बजेदेखि दिनको ४ बजेसम्म सडक बन्द गरी सडक मर्मत तथा स्तरोन्नतिको कार्य गरिने निर्णय भएको हो । पूर्वपश्चिम राजमार्गको गोरुसिंगेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको लम्बाइ दूरी ६८ किलो मिटर र चौडाइ केही ठाउँमा सात मिटर र केही स्थानमा पाँच मिटर रहेको छ । जिल्ला प्रशासन कार्यालयले भनेको छ: सन्धिखर्क-गोरुसिङ्गे सडक…
काठमाडौँ । आज विश्व निमोनिया दिवस मनाइँदैछ । निमोनियाबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सन् २००९ देखि नोभेम्बर १२ तारिकका दिन यो दिवस मनाउन सुरु गरिएको हो । यस बर्षको विश्व निमोनिया दिवसको नारा 'हरेक सासको सुरक्षा: सबैका लागि बलियो फोक्सो' भन्ने रहेको छ । निमोनिया फोक्सोको संक्रमणबाट हुने रोग हो । जसमा फोक्सोका कोषहरु सुनिन्छन र स्वास प्रश्वासमा समस्या आउने गर्दछ । नेपालमा बाल मृत्युदर बढाउने प्रमुख रोगका रुपमा देखिएको निमोनिया भाइरस फङगस वा व्याक्टेरियाको जुनसुकै संक्रमणबाट पनि हुन सक्छ । निमोनियाले सबै उमेर समुहका व्यक्तिलाई असर गरेपनि विशेषगरि बालबालिका र ज्येष्ठ नागरिकलाई बढी असर गर्ने गरेको छ । पाँच…
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक आज बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यसअघि मंगलबारको बैठकमा सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारसहित ११ केन्द्रीय सदस्यले आ-आफ्नो धारणा राखेका थिए । कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ ।
काठमाण्डाै - नेपाल सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्त एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।राष्ट्रिय खेलकुद परिषद्को गत बुधबार बसेको १२३ औं बोर्ड बैठकले आगामी फागुन १ देखि ७ सम्म दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न सरकारलाई अनुरोध गरेको छ । मंगलबार पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरु गणेश पराजुली, अशोक चौधरी र शिव नेपालीले निर्वाचन आयोग गई सोही व्यहोराको अनुरोध पत्र दर्ता गराएका छन् । अनुरोध पत्रमा विदेशमा रहेका योग्यता पुगेका नेपाली नवयुवाहरुका लागि राष्ट्रिय परिचय पत्रका आधारमा वा सम्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्न तत्काल व्यवस्था मिलाइदिन समेत अनुरोध गरिएको छ । आजै पार्टी केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरु गणेश पराजुली, अशोक चौधरी र शिव नेपाली गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटी उक्त अनुरोध…