खोज्नुहोस

खसरैवार

खसरैवार

891 Posts
बुढानिलकण्ठस्थित देउवाको निवासमा आगजनी

बुढानिलकण्ठस्थित देउवाको निवासमा आगजनी

काठमाडौँ । जेनजी आन्दोलनमा संलग्न युवाहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा आगजनी गरेका छन् । देउवाको बुढानिलकण्ठस्थित निवासलाई घेराउ गर्दै तोडफोड र आगजनी गरेका हुन् । अहिले देउवा निवास पुर्णरुपमा प्रदर्शनकारीको कब्जामा रहेको छ ।
Read More
रमेश लेखकको नैकापस्थित निवास घेराउ

रमेश लेखकको नैकापस्थित निवास घेराउ

काठमाडौँ । जेनजी आन्दोलनमा संलग्न युवाहरुले गृहमन्त्री रमेश लेखकको नैकापस्थित निवास घेराउ गरेका छन् । युवाहरुले घर नजिक नाराबाजी गरिरहेका छन् भने घर अगाडी आगजनी समेत गरेका छन् । अहिले लेखकको घर वरपर ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । सोमबार भएको जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि लेखकले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।  
Read More
देशभर जेनजीको दोस्रो दिनको आन्दोलन उग्र बन्दै

देशभर जेनजीको दोस्रो दिनको आन्दोलन उग्र बन्दै

काठामाडौं । जेनजीको प्रदर्शनको दोस्रो दिन आन्दोलन देशभर उग्र बन्दै गएको छ । काठमाडौँ उपत्यकाका तिनै जिल्लामा कर्फ्यू लगाइएको भएपनि त्यसको अवज्ञा गर्दै प्रदर्शनकारीहरुले चोक चोकमा प्रदर्शन शुरु गरेका छन् । काठमाडौँ बाहिर पनि बिभिन्न जिल्लामा युवाहरुको प्रदर्शन जारी रहेको छ भने राजनीति दलका नेता, पार्टी कार्यालय प्रदर्शनकारीको निशानामा परेका छन् । प्रदर्शनकारीको एक समुहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ललितपुरको खुमलटारस्थित निवासमा पुगेर गेट तोडफोड गरेका छन् भने घरभित्र प्रवेश गर्ने तयारी गरेका छन् । त्यस्तै प्रदर्शनकारीले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरको सुनाकोठीस्थित निवासमा आगजानी गरेका छन् । गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी र ढुंगामुढा गरेका छन् । अहिले आगो नियन्त्रणको प्रयास…
Read More
ओलीले अबिलम्ब छोड्नुपर्छ, काँग्रेस यो परिस्थितिको थप साक्षी बन्न सक्दैन- गगन थापा

ओलीले अबिलम्ब छोड्नुपर्छ, काँग्रेस यो परिस्थितिको थप साक्षी बन्न सक्दैन- गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमाथिको दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्ने  बताएका छन् । महामन्त्री थापाले अब नेपाली कांग्रेस एकदिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहन सक्दैन भन्दै पार्टीको बैठकबाट सरकारबाट तत्काल फिर्ता हुने निर्णय गराउन लाग्ने बताएका छन् । उनले भनेका छन्-  रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ । अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका…
Read More
जेनजीको आन्दोलन उग्र हुदै, प्रचण्डको निवासदेखि सञ्चारमन्त्रीको घर तोडफोड र आगजनी

जेनजीको आन्दोलन उग्र हुदै, प्रचण्डको निवासदेखि सञ्चारमन्त्रीको घर तोडफोड र आगजनी

काठामाडौं । जेनजीको प्रदर्शनको दोस्रो दिन आन्दोलन उग्र बन्ने देखिएको छ ।  उपत्यकाका तिनै जिल्लामा कर्फ्यू लगाइएको भएपनि त्यसको अवज्ञा गर्दै प्रदर्शनकारीहरुले चोक चोकमा नाराबाजी शुरु गरेका छन्  । यसैक्रममा प्रदर्शनकारीहरुले नेताहरुको घरलाई निशाना बनाएका छन् । प्रदर्शनकारीको एक समुहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा पुगेर गेट तोडफोड गरेका छन् भने घरभित्र प्रवेश गर्ने तयारी गरेका छन् । त्यस्तै प्रदर्शनकारीले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरको सुनाकोठीस्थित निवासमा आगजानी गरेका छन् । गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी र ढुंगामुढा गरेका छन् । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
Read More