खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts
विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढ्यो

विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढ्यो

काठमाडौँ । विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको साउन महिनाको देशको आर्थिक तथा वित्तीय रिपोर्टमा साउन महिनामा विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढेको उल्लेख छ । राष्ट्रबैंकले २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई २०८२ साउन मसान्तमा २८ खर्ब ६ अर्ब ४ करोड पुगेको छजनाएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ साउन मसान्तमा २.७ प्रतिशतले वृद्धि भई २० अर्ब ३ करोड पुगेको छ । त्यस्तै कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको…
Read More
साउन महिनामा निर्यातमा वृद्धि, व्यापार घाटा २.५ प्रतिशतले बढ्यो

साउन महिनामा निर्यातमा वृद्धि, व्यापार घाटा २.५ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२- ८३ को पहिलो महिनामा कुल वस्तु निर्यात ९५.७ प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ । साउन महिनाको देशको आर्थिक तथा वित्तीय स्थिति सार्बजनिक गर्दै राष्ट्र बैंकले साउन महिनामा कुल वस्तु निर्यात ९५.७ प्रतिशतले वृद्धि भई २३ अर्ब ९३ करोड पुगेको जानकरी दिएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ९.६ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात १५६.७ प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६५.२ प्रतिशत र १.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैंची, जुटका सामानलगायतका…
Read More
बेनी–जोमसोम सडक पूर्णरुपमा अवरुद्ध

बेनी–जोमसोम सडक पूर्णरुपमा अवरुद्ध

पोखरा । म्याग्दीको बेनी–जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ । मंगलबार बिहान म्याग्दीको रघुगंगा गाउँपालिका- २ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा पहिरो खसी बेनी-जोमसोम सडकखण्ड पूर्ण रुपमा अवरोध भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जानकारी दिएको छ । त्यस्तै मंगलबार बिहान पहिरो आउदा  बेनी–दरवाङ सडक पनि अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका-४ घुमाउने भिरस्थित बेनी –दरवाङ सडक खण्डमा सडक माथिबाट पहिरो खसी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
Read More
आज विश्व ओजोन तह दिवस मनाईदै

आज विश्व ओजोन तह दिवस मनाईदै

काठमाडौँ । आज विश्व ओजोन तह दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाईदैछ । 'जीवनको लागि ओजोन' नारासहित यस बर्षको विश्व ओजोन तह दिवस मनाइदैछ । यो नाराले हाम्रो ग्रहको लागि अपरिवर्तनीय ढालको रूपमा ओजोन तहको निरन्तर महत्त्वलाई दर्शाउछ । सन् १९८७ सेप्टेम्बर १६ मा विश्वका २४ वटा राष्ट्रले ओजोन विनासका हानिकारक तत्वहरूको उत्पादनमा कमी ल्याउने मोन्ट्रेयल सम्झौतामा हस्ताक्षर गरेको दिनको स्मरण गर्दै यो दिवस मनाइने गरिन्छ । यो दिवस सन् १९९५ देखि मनाउन थालिएको हो । ओजोन तह दिवस मनाउन थालिएको ३० बर्ष भयो तर यसवीचमा ओजोन तह संरक्षणको सवालमा खासै महत्वपूर्ण काम भएको छैन । ओजोन तहको विनास गर्ने…
Read More
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशभर साधारणतया बदली रहने जानकारी दिएको छ । माहाशाखाले आज गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यसैगरी आज राती देशभर साधारणतया बदली रहनेछ भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै कोशी प्रदेश…
Read More