खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts
सर्वोच्चमा आइतबारदेखि नियमित र बन्दीप्रत्यक्षीकरणको सुनुवाइ सुरु हुने

सर्वोच्चमा आइतबारदेखि नियमित र बन्दीप्रत्यक्षीकरणको सुनुवाइ सुरु हुने

काठमाडौं । सर्वोच्च अदालतले आइतबार भदौ २९ गतेदेखि बन्दीप्रत्यक्षीकरणसहित अन्य नियमित सुनुवाइ सुरु गर्ने भएको छ । बिहीबारको आकस्मिक फूलकोर्टले आइतबारदेखि बन्दीप्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ कार्य प्रारम्भ गर्ने निर्णय गरेको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । प्रधानन्यायाधीश राउतले भदौ २३ र २४ गते भएको घटनाका क्रममा मृत्युवरण गर्न पुगेका नेपाली नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै उनले घटनाका क्रममा घाइते भएका सम्पूर्ण नेपाली नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उनले आगजनी र नष्ट हुनबाट जोगिएका जनताको सम्पत्तिको रुपमा रहेका अदालतका मिसिल कागजातहरु र भौतिक स्रोत साधनको संरक्षणमा खट्नु हुने न्यायाधीशहरु, कर्मचारीहरु, कानुन व्यवसायीहरु,…
Read More
जंगीअड्डा बाहिर भेला भएका जेनजी समुहबीच कुटाकुट

जंगीअड्डा बाहिर भेला भएका जेनजी समुहबीच कुटाकुट

काठमाडौँ । सैनिक मुख्यालय जंगीअड्डा बाहिर भेला भएका जेनजी समुह एक आपसमा कुटपिटमा उत्रिएका छन् । जेनजी समुह, नेपाली सेना र राष्ट्रपतिबीच वार्ता भइरहेको समयमा जंगीअड्डा बाहिर भेला भएका जेनजी समुहबीच कुटपिट भएको हो । एक समुहले सुशिला कार्कीलाई अबको अन्तरिम प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेपछि अन्य केहि समुहले त्यसको विरोध गरेका छन् । जेनजीको एक समुहले सुशिला कार्कीलाई अस्वीकार गर्दै कुलमान घिसिङको नाम अगाडी ल्याएको छ भने हर्क साम्पाङ समुहले पनि आफ्नो नेतृत्व दाबि गरिरहेको छ । सैनिक मुख्यालयमा आज वार्ता हुने भएपछि विहानै देखि कैयौं जेनजी समुह भेला भएका छन् ।
Read More
बृहत् नागरिक आन्दोलन भन्छ- राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन हुँदैछ

बृहत् नागरिक आन्दोलन भन्छ- राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन हुँदैछ

काठमाडौँ । बृहत नागरिक आन्दोलनले राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन भइरहेको टिप्पणी गरेको छ । विहिबार विज्ञप्ति जारी गर्दै बृहत नागरिक आन्दोलनले जेनजीको आन्दोलनका शहीदहरूको लाशमाथि टेकेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन भइरहेको बताएको हो । बृहत नागरिक आन्दोलनले जेनजी आन्दोलनको म्यान्डेट र बलिदानीहरूको आवाज न गणतन्त्र र धर्मनिरपेक्षता हटेर पश्चगमन होस् भन्ने थियो न सेनाको असंवैधानिक सक्रियता बढोस् भन्ने भएको बताउदै यो हुँदै गरेको प्रतिक्रान्तिलाई परास्त गर्नु अहिले तत्कालको सबैभन्दा महत्त्वपूर्ण चुनौति भएको बताएको छ । बृहत नागरिक अन्दोलनको विज्ञप्ति:  अहिले के स्पष्ट हुँदैछ भने जेनजीको आन्दोलनका शहीदहरूको लाशमाथि टेकेर सेनाको मध्यस्थता…
Read More
आगलागीका कारण भायानेटको डाटा सेन्टर प्रभावित, इन्टरनेट सुचारु

आगलागीका कारण भायानेटको डाटा सेन्टर प्रभावित, इन्टरनेट सुचारु

काठमाडौं । भायानेटले सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा भएको आगजनीले डाटा सेन्टरमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको जानकारी दिएको छ । कम्पनिले ब्याकअप डाटा सेन्टरबाट सेवा सुचारु बह्येको भन्दै धेरै ग्राहक प्रभावित भएको उल्लेख गरेको छ । बुधबार बिहान, सेना र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएपछि सुरक्षित डाटा सेन्टरमा पुनःस्थापना गरेको बताउदै भायानेटले प्राविधिक टोलीको असाधारण प्रयासका कारण अहिले अधिकांश ग्राहकको इन्टरनेट सेवा सुचारु भइसकेको छ, र आजै साँझसम्म पूर्ण क्षमतामा सेवा सञ्चालन गर्ने जानकारी दिएको छ । साथै भायाटिभी सेवा पनि चाँडै सुचारु हुने बताउदै यो असाधारण घटनाले नेटवर्कलाई अझ मजबुत बनाउन थप प्रेरणा दिएको उल्लेख गरेको छ ।
Read More
अहिलेसम्म गरेका गल्तिका लागि माफी माग्छु- गगन थापा

अहिलेसम्म गरेका गल्तिका लागि माफी माग्छु- गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेसम्म गरेका गल्तीका लागि माफी माग्दै सुध्रिने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार भिडिओ सन्देशमा थापाले स्थितिलाई सम्हाल्नुपर्ने भन्दै आफुले गरेका प्रयासमा सफल हुन नसकेको भन्दै माफी मागेका हुन् । उनले जेनजी युवाहरुलाई संविधानको निरन्तरताका बारेमा ख्याल राख्न आग्रह गर्दै संबिधान भन्दा बाहिर गएर समाधान नखोज्न आग्रह गरेका हुन् । उनले भनेका छन्- ‘यो संविधानलाई कायमै राखेर यसभित्र संशोधन र परिमार्जन गरौं, तपाईंहरूले भनेअनुसार गरौं। तपाईंहरूले चलाउने हामी पार्टी सुधार गर्न लाग्छौं, नेतृत्व परिवर्तन गर्न लाग्छौं । तर संविधानभन्दा बाहिर गएर समाधान खोज्न थालियो भने अहिले एकछिन त होला केही समयपछि सम्हाल्न नसक्ने हुन्छ…
Read More