काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् । सेनाको ब्यारेक शिवपुरीबाट जेनजीलाई सम्बोधन गरेर लेखेको पत्रमा ओलीले लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संयुक्त राष्ट्र संघमा नपठाएको भए या अरूले मलाई चलाउन चाहेअनुसार चलिदिएको भए मेरो जीवन अर्कै मोडमा पुग्ने उल्लेख गरेका छन् । उनले जब आफुले प्रहरीको गोलीले मेरा छोराछोरीहरूको जीवन समाप्त भयो, त्यस दिनदेखि मेरा लागि धेरै कुराहरू सकिएको भनेका छन् । ओलीको पत्र प्रिय जेन्जी बाबुनानीहरू, आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई सम्झिरहेको छु। मेरो मनमा तिमीहरूकै अनुहारहरू नाचिरहेका छन्। जहाँ…
काठमाडौं । जेनजी समुहमा विवादमा देखिएपछि नेतृत्व छनौटको अन्योलमा परेको छ । सैनिक मुख्यालयमा जेनजी प्रतिनिधिहरुए सुशिला कार्कीको नाम नयाँ प्रधानमन्त्रीको रुपमा देखिएपछि युवाहरु विरोधमा उत्रिएका हुन् । असन्तुष्ट युवाहरुले जंगीअड्डा अगाडी नाराबाजी गर्दै असन्तुष्टि व्यक्त गरेका छन् । कतिपयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेतृत्व गर्नुपर्ने बताएका छन् । तर जेनजीका प्रतिनिधिहरुले बालेन सम्पर्कमा नआएको बताएका छन् ।
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले देशको अवस्था सामान्य बनाउन आग्रह गरेको छ । आयोगले देशको विकसित घटनाक्रमको अनुगमन गरिरहेको बताउदै स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आग्रह गरेको छ । आयोगले देश विषम अवस्थामा रहेको वर्तमान सन्दर्भमा सबै पक्ष संयमित हुनु पर्ने उल्लेख गर्दै सम्बद्ध सबै पक्षले देश र जनताप्रतिको जिम्मेवारी मनन गर्दै वर्तमान अन्यौलताको अवस्थाबाट अगाडि बढ्नु आवश्यक रहेको बताएको छ । त्यस्तै आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्दछ भन्दै जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्ने बताएको छ । आयोगले भनेको छ- काठमाडौँलगायत देशका विभिन्न…
काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा खतरामुक्त रहेका छन् । स्वकीय सचिव भानु देउवाका अनुसार देउवादम्पत्तिको काठमाडौँस्थित अस्पतालमा उपचार भइरहेको छ । देउवादम्पत्तिलाई बुढानिलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । उपचारमा संलग्न चिकित्सकका अनुसार दुबैको टाउकोको पछाडिको भागमा धारिलो हतियार प्रहार भएको छ । दुवैको एमआरआईसहित सबै किसिमको स्वास्थ्य परीक्षण गरिएको र दुवै खतरामुक्य रहेको बताइएको छ । आन्दोलनकारीले देउवा दम्पतिलाई हेलिकोप्टरबाट अस्पताल लैजाने प्रयासमा अवरोध गरेपछि सेनाले मंगलबार साँझ मात्र काठमाडौंस्थित एक अस्पतालमा पुर्याएको थियो । सुरक्षाका कारण अस्पतालको नखोलिएको बताएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसले कानुनी शासन र लोकतन्त्रको विकल्प नभएको स्पष्ट गरेको छ । कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले एक विज्ञप्ति जारी गर्दै कानुनी शासन र लोकतन्त्रको विकल्प नभएको भन्दै देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक बिरोधको मर्म र मान्यताबाट बाहिर गएको उल्लेख गरेका छन् । उनले नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दो शक्ति हो भन्ने कुनै दुबिधा नभको उल्लेख गर्दै लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध दलहरुसँग तत्काल संवाद गर्न आवश्यक रहेको बताएका छन् । उनले भनेका छन्- हालै नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद घटना भएकोप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ ।…