खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts
कैदी भाग्न खोजेपछि वीरगन्ज कारागार तनावग्रस्त

कैदी भाग्न खोजेपछि वीरगन्ज कारागार तनावग्रस्त

वीरगन्ज । वीरगन्ज कारागारको अवस्था तनावग्रस्त बनेको छ । कैदीहरु कारागार भित्र तोडफोड र पर्खाल भत्काएर भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मी झडप भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले कैदीलाई रोक्न कैयौं राउण्ड फायर समेत र अश्रु ग्यास प्रहार गरेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार मंगलबार राति देखिनै कैदीहरुले भाग्ने प्रयास गरेको र बुधबार बिहानदेखि अवस्था तनावग्रस्त बनेको छ । कारागारमा महिला र पुरुष गरी १३ सयभन्दा बढी कैदीबन्दी रहेको बताइएको छ ।
Read More
मुख्यसचिव र सचिवहरुको भर्चुअल बैठक बस्दै, अत्यावश्यक सेवा प्रवाह सहज बनाउन छलफल हुने

मुख्यसचिव र सचिवहरुको भर्चुअल बैठक बस्दै, अत्यावश्यक सेवा प्रवाह सहज बनाउन छलफल हुने

काठमाडौँ । सोमबार र मंगलबार भएको जेनजीको आन्दोलनपछि आज नेपाली सेनाले देशको अवस्था आफ्नो हातमा लिएपछि विस्तारै परिस्थिति सहज बन्दैछ । यसैबीच देशको विषम परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहका लागि राज्यका सम्बन्धित संयन्त्रबीच समन्वय र सहजीकरणका लागि मुख्य सचिव एकनारायण अर्यालको नेतृतवमा सबै मन्त्रालयका सचिव सम्मिलित भर्चुअल बैठक बस्न लागेको छ । गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेका अनुसार अत्यावश्यक सेवामा कुनै कमी हुन नदिन र सहज सेवा प्रवाहका लागि भर्चुअल बैठक बस्न लागेको हो । त्यस्तै जेनजीका प्रतिनिधि, नेपाली सेना र राष्ट्रपतिबीच नयाँ राजनीतिक अध्यायको विषयमा छलफलको तयारी भएको बताइएको छ ।
Read More
सुरक्षाकर्मीका लुटिएका हतियार फिर्ता गर्न सेनाको आग्रह, नबुझाए कारवाही गर्ने चेतावनी

सुरक्षाकर्मीका लुटिएका हतियार फिर्ता गर्न सेनाको आग्रह, नबुझाए कारवाही गर्ने चेतावनी

काठमाडौँ । नेपाली सेनाले आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता गर्न आग्रह गरेको छ । सेनाले एक विज्ञप्ति जारी गर्दै जेनजी नेतृत्वको आन्दोलनका क्रम सुरक्षाकर्मीहरुबाट लुटिएका, फेला पारेका हातहतियार, गोलीगट्टा एवम् सुरक्षा सामग्रीहरु नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन अनुरोध गरेको छ । साथै सेनाले संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोशाकहरुको अनाधिकृत प्रयोग नगर्न समेत आग्रह गरेको छ । साथै नेपाली सेनाले हातहतियार र गोलीगट्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ । सेनाको अनुरोध: 'जेनजी' नेतृत्वको आन्दोलनका क्रममा कोही कसैले सुरक्षाकर्मीहरुबाट लुटिएका / फेला पारेका हातहतियार, गोलीगट्टा एवम् सुरक्षा सामग्रीहरु नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र…
Read More
डिल्लीबजार कारागारमा कैदीबाट आगजनी, सेनाको हस्तक्षेप

डिल्लीबजार कारागारमा कैदीबाट आगजनी, सेनाको हस्तक्षेप

काठमाडौँ । काठमाडौँको डिल्लीबजार कारागारमा तनाव भएको छ । कारागारमा रहेका कैदीले आगजनी गरेर बाहिर निस्किएपछि नेपाली सेनाले  हस्तक्षेप गरेको छ । कैदीहरुले देशको विशेष परिस्थितिमा आफुहरु बाहिर आउनुपर्ने भन्दै आगजनी गरेका थिए । अहिले कारागार भित्र आगो लागेको छ भने सेनाले कैदीहरुलाई बाहिर आउन रोकेपछि अवस्था तनावग्रस्त बनेको छ ।
Read More
सर्वोच्चमा अर्को व्यवस्था नभएसम्मका लागि सबै पेसी स्थगित

सर्वोच्चमा अर्को व्यवस्था नभएसम्मका लागि सबै पेसी स्थगित

काठमाडौँ । सर्वोच्च अदालतमा अर्को व्यवस्था नभएसम्मका लागि सबै पेसी स्थगित गरिएको छ । मुख्य रजिस्ट्रार बिमल पौडेलले अर्को सूचना जारी नभएसम्मका लागि आज र भोलीदेखिका पेसीमा रहेका मुद्धाहरुको सुनुवाइ स्थगित भएको जानकारी दिएका हुन् । पौडेलले अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको बताएका छन् । सर्वोच्चमा मंगलबारका सुनवाई पनि स्थगित भएका थिए । जेनजी आन्दोलनका क्रममा मंगलबार सर्वोच्च अदालतमा पनि आगजनी भएको छ र धेरै महत्वपूर्ण मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएका छन् ।
Read More