खोज्नुहोस

खसरैवार

खसरैवार

891 Posts
गुठीचाैरमा सुरक्षित पालिका अभियान

गुठीचाैरमा सुरक्षित पालिका अभियान

जुम्ला । सुरक्षाकाे हिसाबले अति जाेखिम मानिने जुम्लाकाे गुठीचाैर गाऊपालिकाले कर्णाली प्रदेशकेेै पहिलो सुरक्षित पालिका अभियान चलाइरहेकाे छ । जिल्लामै पहिलो सुरक्षित पालिका अभियान थालेको  गुठिचौरले नागरिकको सुरक्षामा प्रथामिकता दिएको छ । सुरक्षित अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्न थालेकाे छ । जुम्लाकाु गुठीचाैर गाउँपालिकाकाे हिमाली भाग तर्फ पर्ने वडा नं १ मा हिउदे सिंजनमा असाध्येेै चिसाे हुने भएकाले "आमालाई खाना बाबालाई नाना" भन्ने मुला नाराका साथ  चिसोबाट जाेगिन तथा जाडरक्सी, लगायतका विकृतीबाट जेष्ठ नागरिकलाई जोगाउन सुरक्षित गुठिचौर अभियान सञ्चालन गरेको वडाध्यक्ष अर्जुन महताराले वताए । अबैध मदिरा नियन्त्रण देखि चिसोमा राहत वितरणका कार्यक्रमले अत्यन्तै खुसि भएकाे स्थानिय पुन्न बुढा बताउछन…
Read More
शरीर रहस्य : कसरी थुप्रै रोग औषधि नखाई निको हुन्छ ?

शरीर रहस्य : कसरी थुप्रै रोग औषधि नखाई निको हुन्छ ?

शरीर अद्भूत छ । शरीरभित्र यस्तो संयन्त्र हुन्छ, जसले शरीरलाई सग्लो, निरोगी, तन्दुरुस्त राख्न हरक्षण प्रयास गरिरहेको हुन्छ । हामीलाई कुनै रोगव्याधि लाग्न नदिन, कुनै खराब संक्रमण हुन नदिन त्यो संयन्त्रले काम गरिरहेको हुन्छ । त्यसैले त कतिपय रोग लागेपनि आफै निको हुन्छ । न औषधि गर्नुपर्छ, न शल्यक्रिया गर्नुपर्छ । अर्थात शरीरभित्र डाक्टर हुन्छ, सेना हुन्छ । त्यसैले हाम्रो उपचार गर्छ, हामीलाई रक्षा गर्छ । तर, यति अनमोल शरीरलाई हामी बुझ्दैनौं । त्यसैले शरीर बिरुद्धको खानपान गरिरहेका हुन्छौं, आनीबानी अपनाइरहेका हुन्छौं । शरीरभित्र के भइरहेको छ ? हामी देख्दैनौं । त्यहाँ सबै अंगहरुले चुपचाप आ-आफ्नो काम गरिरहेको हुन्छ ।…
Read More
भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई शैक्षिक सामग्री

भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई शैक्षिक सामग्री

गत कात्तिक १७ गते गएको भूकम्पको केन्द्रविन्दु जाजरकोटको बारेकोट गाउँपालिका रामिडाँडास्थित विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको छ । बारेकोट-१ बयला रामिडाँडाको भगवती आधारभूत विद्यालयका छात्रछात्राका लागि विभिन्न सामग्री प्रदान गरिएको हो ।   फेयरमेड फाउन्डेसन नेपाल र सर्वाङ्गिन विकास केन्द्र नेपालको सहयोग, जिल्ला विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति जाजरकोटको समन्वय र बारेकोट गाउँपालिकाको व्यवस्थापनमा शैक्षिक सामग्री वितरण गरिएको हो ।   विद्यालयका शिशु कक्षादेखि कक्षा ८ सम्मका १ सय ८९ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको सर्वाङ्गिन विकास केन्द्र नेपालका कार्यकारी निर्देशक लिलामणि गौतमले बताए । प्रतिविद्यार्थी न्यानो ट्य्राक सुट, सुरूवाल, टिसर्ट, टोपी र झोला प्रदान गरिएको गौतमको भनाइ छ भूकम्पका कारण विद्यालयमा…
Read More
नेत्र ज्योति संघ कर्णाली प्रदेश सदस्यमा जुम्लाका दिपेन्द्र निर्विरोध

नेत्र ज्योति संघ कर्णाली प्रदेश सदस्यमा जुम्लाका दिपेन्द्र निर्विरोध

नेत्र ज्योति संघ कर्णाली प्रदेश सदस्यमा जुम्लाका दिपेन्द्र निर्विरोध नेपाल नेत्र ज्योति संघ कर्णाली प्रदेशेको दोस्रो अधिवेशनमा जुम्लाका दिपेन्द्र विक्रम हमाल निर्विरोध निर्वाचित भएका छन् । नेत्र ज्योति संघ जुम्ला शाखाका सचिव हमाल प्रदेश सदस्यमा निर्वाचित भएका हुन् । दोस्रो प्रदेश अधिवेशनमा सभापतिमा तिलक मल्लको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।
Read More

मुगुमा स्वास्थ्यकर्मी माथि जातीय विभेद

सोरु गाउँपालिका–९ खनाया स्वास्थ्य केन्द्रमा कार्यरत अनमी तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद भएको छ  । जातको कारण देखाउँदै उनलाई घरभेटीले डेरा छोड्न बाध्य बनाएका छन् । दाङ तुल्सीपुरकी उनी गत वर्ष माघ २४ गते खनाया स्वास्थ्य केन्द्रमा हाजिर भई उक्त स्वास्थ्य केन्द्रका इर्न्चाज सुरजकुमार शाहीको घरमा डेरा लिएर बस्दै आएकी थिइन् । डेरा लिएर बसेको करिब ९ महिनापछि दलित भएकोले भन्दै डेरा सार्ने दबाब दिएको विश्वकर्माले बताइन् । 'पहिले जात थाहा भएन तिमी यहाँ बस्यौ दलित रहेछौं अब कोठा छोडेर अन्यत्र जाउ' सुरजकी आमाले भनेको उल्लेख गर्दै विश्वकर्माले भनिन्,'पानी नचल्ने जात रहेछौं पहिले थाहा भएन अब कोठा छोड ।' घरमा बसाए अरु गाउँले आउँदैनन् समेत…
Read More