काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार दिएको राजीनामा स्वीकृत गर्दै संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभए सम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चाल गर्न तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
काठमाडौँ । राप्रपाका सबै सांसदले राजीनामा दिएका छन् । जेनजी आन्दोलनपछि विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद र संविधानको औचित्य समाप्त भइसकेको भन्दै राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुले सामुहिक राजिनामा दिई संसदबाट बाहिरिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । उनले भनेका छन्- देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद र संविधानको औचित्य समाप्त भइसकेको छ। यस सन्दर्भमा राप्रपाका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुले सामुहिक राजिनामा दिई संसदबाट बाहिरिने निर्णय गरेको छ । आन्दोलनरत जेनजी पुस्ताको मागको सम्बोधन र नवीन समझदारीको दिशामा अघि बढ्न राप्रपा सबैमा हार्दिक अपील गर्दछ ।
काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरमा रहेको संसद भवनमा आगजनी भएको छ । हजारौँको संख्यामा आन्दोलनकारी संसद भवन प्रवेश गरेर आगजनी गरेका हुन् । जेनजी आन्दोलनको दोस्रो दिन आज सार्बजनिक भवन र शिर्ष नेताहरुका निवास तोडफोड र आगजनीको क्रममा संसद भवनमा आगजनी र तोडफोड भएको हो । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ । ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार गरिएको छ । नेपाली सेनाका हेलिकप्टरले मन्त्रीहरुको उद्धार गरेपछि आन्दोलनकारीले नयाँ बनेको मन्त्री…
काठमाडौँ । ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार गरिएको छ । नेपाली सेनाका हेलिकप्टरले मन्त्रीहरुको उद्धार गरेपछि आन्दोलनकारीले नयाँ बनेको मन्त्री निवासमा आगजनी गरेका छन् । मन्त्रीहरुको उद्धार गरेर नेपाली सेनाले आफ्नो ब्यारेकमा लागेको बताइएको छ । जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरुको निवास तोडफोड र आगजनी गरिएको छ । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।