खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts
ओलीले अबिलम्ब छोड्नुपर्छ, काँग्रेस यो परिस्थितिको थप साक्षी बन्न सक्दैन- गगन थापा

ओलीले अबिलम्ब छोड्नुपर्छ, काँग्रेस यो परिस्थितिको थप साक्षी बन्न सक्दैन- गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमाथिको दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्ने  बताएका छन् । महामन्त्री थापाले अब नेपाली कांग्रेस एकदिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहन सक्दैन भन्दै पार्टीको बैठकबाट सरकारबाट तत्काल फिर्ता हुने निर्णय गराउन लाग्ने बताएका छन् । उनले भनेका छन्-  रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ । अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका…
Read More
जेनजीको आन्दोलन उग्र हुदै, प्रचण्डको निवासदेखि सञ्चारमन्त्रीको घर तोडफोड र आगजनी

जेनजीको आन्दोलन उग्र हुदै, प्रचण्डको निवासदेखि सञ्चारमन्त्रीको घर तोडफोड र आगजनी

काठामाडौं । जेनजीको प्रदर्शनको दोस्रो दिन आन्दोलन उग्र बन्ने देखिएको छ ।  उपत्यकाका तिनै जिल्लामा कर्फ्यू लगाइएको भएपनि त्यसको अवज्ञा गर्दै प्रदर्शनकारीहरुले चोक चोकमा नाराबाजी शुरु गरेका छन्  । यसैक्रममा प्रदर्शनकारीहरुले नेताहरुको घरलाई निशाना बनाएका छन् । प्रदर्शनकारीको एक समुहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा पुगेर गेट तोडफोड गरेका छन् भने घरभित्र प्रवेश गर्ने तयारी गरेका छन् । त्यस्तै प्रदर्शनकारीले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरको सुनाकोठीस्थित निवासमा आगजानी गरेका छन् । गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी र ढुंगामुढा गरेका छन् । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
Read More
कृषिमन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषिमन्त्री रामनाथ अधिकारीको राजीनामा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । कांग्रेसबाट मन्त्री बनेका अधिकारीले जेनजीले गरेको सोमबारको प्रदर्शनमा भएको दमनप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएका छन् । राजीनामाको घोषणा गर्दै उनले भनेका छन्-  आदरणीय नेपाली जनसमुदायहरू, नमस्कार, जय नेपाल ! म रामनाथ अधिकारी धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई मिति २०८१ असार ३१ गतेबाट नेपाल सरकारको मन्त्रिपरिषदमा कृषि तथा पशुपन्छी विकास मन्त्रीको रूपमा ईमानदारीपूर्वक पूर्ण क्षमताका साथ आमजनता र किसान दाजुभाइ तथा दिदीबहिनीहरुको हितमा समर्पित हुन पाएकोमा सन्तोषका साथ यहाँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। मैले प्रतिनिधित्व गर्ने नेपाली…
Read More
सिभिल अस्पतालमा आजका सबै ओपीडी सेवा बन्द

सिभिल अस्पतालमा आजका सबै ओपीडी सेवा बन्द

काठमाडौँ । काठमाडौँको सिभिल अस्पतालले आजका सबै ओपीडी सेवाहरू बन्द गरेको छ। सोमबार जेनजीको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार भइरहेका कारण आज मंगलबार अस्पतालका सबै ओपीडी सेवाहरू बन्द गरिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालले आन्दोलनका क्रममा घाइते भएका सिभिल अस्पतालमा १४१ जनाको उपचार गरिएको र थप उपचारका लागि ४२ जनालाई अन्य अस्पतालमा रेफर गरिएको जानकारी दिएको छ । साथै अस्पतालमा उपचारका क्रममा तीन जनाको निधन भएको जनाएको छ ।
Read More
आफु निकट मन्त्रीहरुलाई राजीनामा दिन डा. शेखर कोइरालाको आग्रह

आफु निकट मन्त्रीहरुलाई राजीनामा दिन डा. शेखर कोइरालाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफु निकट मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेका छन् । कोइराला निकट नेता डा गोविन्द राज पोखरेलका अनुसार चार मन्त्रीलाई राजीनामाको लागि अनुरोध गरेको र अहिले मन्त्रीहरु छलफलमा रहेका छन् । उनले भनेका छन्- 'डा. शेखर कोइरालाले नजिकका मन्त्रीहरूलाई राजीनामा दिन अनुरोध गरेका छन। चारजना मन्त्रीहरू छलफलमा छन भन्ने कुरा एक जना मन्त्रीले जानकारी दिनुभयो ।
Read More