खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts
सुचारु भए सामाजिक सञ्जाल

सुचारु भए सामाजिक सञ्जाल

काठमाडौँ । बन्द गरिएका सामाजिक सञ्जाल खोलिएको छ ।  सरकारले औपचारिक निर्णयको जानकारी नदिए पनि इन्टरनेट प्रदायक कम्पनीहरुले बन्द गरेका सामाजिक सञ्जाल सुचारु गरेका हुन् । सरकारको कम्पनी नेपाल टेलिकमले पनि बन्द गरिएका सामाजिक सञ्जाल सुचारु गरेको छ भने देशको सबैभन्दा ठुलो इन्टरनेट प्रदायक कम्पनी वर्डलिंकबाट पनि बन्द गरिएका सामाजिक सञ्जाल सुचारु गरिएको छ । सरकारले दर्ता नभएको भन्दै गत विहिबारदेखि २६ सामाजिक सञ्जाल निष्क्रिय पारिदिएको थियो । सोमबार देशभर जेनजीको आन्दोलनमा १९ जनाको मृत्यु भएपछि सरकार ब्याकफुटमा आएर समाजिक सञ्जाल बन्द गर्ने आफ्नो निर्णयबाट पछि हटेको छ ।
Read More
काठमाडौँ महानगर भित्रका विद्यालय २६ गतेसम्म बन्द

काठमाडौँ महानगर भित्रका विद्यालय २६ गतेसम्म बन्द

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । महानगरले आज भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो ।
Read More
रगत अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयले २४सै घण्टा हेल्पलाइन चलाउने

रगत अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयले २४सै घण्टा हेल्पलाइन चलाउने

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले रगत अभाव हुन नदिन हेल्पलाइन २४ सै घण्टा चलाउने जानकारी दिएको छ । मन्त्रालयले रगत अभाव हुन नदिन १११५ नम्बरको हेल्पलाइन २४सै घण्टा चलाउने जानकारी दिएको हो । मन्त्रालयले घाइते बिरामीहरुलाई रगत अभाव हुन नदिन मन्त्रालयको हटलाइन हेल्लो स्वास्थ्यलाई २४सै घण्टा चलाउने र कुनै पनि बिरामी वा अस्पतालले रगत अभाव भएमा १११५ मा फोन गरेर जानकारी गराउन सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले उल्लेख गरेको छ । साथै मन्त्रालयले घाइतेहरुको जीवनरक्षाका लागि आवश्यक सबै उपचार निःशुल्क गर्ने गरी मन्त्रालयले अस्पतालहरुलाई पत्र पठाएको छ । सय भन्दा बढी आन्दोलनका घाइतेको उपचार भैरहेको सिभिल अस्पतालको आकस्मिक कक्षमा सघाउन ४ चिकित्सकसहित ६…
Read More

सरकारको औचित्य आजबाट समाप्त भयो- डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको औचित्य आजबाट समाप्त भएको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै डा. कोइरालाले सरकारले देशभित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा विद्यार्थीहरुमाथि बर्वर ढंगवाट गोली प्रहार गरेको उल्लेख गर्दै श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मल्हम लगाउन नसक्ने बताएका छन् । जेनजीका माग समय सापेक्ष र जायज रहेको बताउदै कोइरालाले आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भएको बताएका छन् । उनले आजवाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको उल्लेख गर्दै सबै मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोज्न आग्रह गरेका छन् । उनले भनेका छन्- …
Read More
जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न समिति गठन गर्ने सरकारको निर्णय

जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनमा घटेका घण्टाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो । तत्काल छानबिन समिति गठन गरेर सत्यतथ्य छानबिन गर्ने निर्णय गरिएको छ । जेनजी पुस्ताको आन्दोलनमा अहिलेसम्म काठमाडौँमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म ३४७ जना घाइते भएको र विभिन्न अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
Read More