खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts
नेत्र ज्योति संघ कर्णाली प्रदेश सदस्यमा जुम्लाका दिपेन्द्र निर्विरोध

नेत्र ज्योति संघ कर्णाली प्रदेश सदस्यमा जुम्लाका दिपेन्द्र निर्विरोध

नेत्र ज्योति संघ कर्णाली प्रदेश सदस्यमा जुम्लाका दिपेन्द्र निर्विरोध नेपाल नेत्र ज्योति संघ कर्णाली प्रदेशेको दोस्रो अधिवेशनमा जुम्लाका दिपेन्द्र विक्रम हमाल निर्विरोध निर्वाचित भएका छन् । नेत्र ज्योति संघ जुम्ला शाखाका सचिव हमाल प्रदेश सदस्यमा निर्वाचित भएका हुन् । दोस्रो प्रदेश अधिवेशनमा सभापतिमा तिलक मल्लको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।
Read More

मुगुमा स्वास्थ्यकर्मी माथि जातीय विभेद

सोरु गाउँपालिका–९ खनाया स्वास्थ्य केन्द्रमा कार्यरत अनमी तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद भएको छ  । जातको कारण देखाउँदै उनलाई घरभेटीले डेरा छोड्न बाध्य बनाएका छन् । दाङ तुल्सीपुरकी उनी गत वर्ष माघ २४ गते खनाया स्वास्थ्य केन्द्रमा हाजिर भई उक्त स्वास्थ्य केन्द्रका इर्न्चाज सुरजकुमार शाहीको घरमा डेरा लिएर बस्दै आएकी थिइन् । डेरा लिएर बसेको करिब ९ महिनापछि दलित भएकोले भन्दै डेरा सार्ने दबाब दिएको विश्वकर्माले बताइन् । 'पहिले जात थाहा भएन तिमी यहाँ बस्यौ दलित रहेछौं अब कोठा छोडेर अन्यत्र जाउ' सुरजकी आमाले भनेको उल्लेख गर्दै विश्वकर्माले भनिन्,'पानी नचल्ने जात रहेछौं पहिले थाहा भएन अब कोठा छोड ।' घरमा बसाए अरु गाउँले आउँदैनन् समेत…
Read More
सांसद विनिता कठायतको प्रश्‍न : डायलाइसिसका लागि आठ महिना कहिलेसम्म कुर्ने ?

सांसद विनिता कठायतको प्रश्‍न : डायलाइसिसका लागि आठ महिना कहिलेसम्म कुर्ने ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले सरकारलाई डाक्टरको दरबन्दी थप्ने कुरामा गम्भीर हुनुपर्ने बताएकी छिन् । आइतबार प्रतिनिधिसभामा बोल्दै उनले जुम्लाबाट २१ वर्षीया बहिनीले आफूलाई फोन गरेर डायलाइसिस गर्न आठ महिना कुर्नुपर्ने भएको बताएपछि कठायतले सदनमा त्यस्तो जिकिर गरेकी हुन् । उनले सभामुख मार्फत् प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनिन् ,‘ के तपाईंहरू आफू वा आफ्नो परिवारलाई डायलाइसिसलाई आठ महिना कुर्न भन्नुहुन्छ ? मैले ती बहिनीलाई के जवाफ दिऊँ ? उनले भनिन्, ‘डाक्टरहरूको दरबन्दी के फजुल खर्च हो ? अर्थमन्त्रीले जवाफ दिनु प¥यो ।’
Read More

स्वतन्त्र संसद देवेन्द्र शाहीकाे चुनाव खर्च १० लाख २८ हजार

प्रदेश सभा सदस्य देवेन्द्र शाहीले आफ्नाे निर्वाचन खर्च सार्वजनिक गरेका छन् । उनले २०७९ मंसिर ४ गते भएकाे प्रदेश सभा सदस्य निर्वाचनमा आफुले विभिन्न शिर्षकमा गरि १० लाख २८ हजार खर्च गरेकाे विवरण सार्वजनिक गरेका हुन् । निर्वाचन खर्चमा उनले मतदाता नामावली खरिद देखि प्रचनर प्रसार सामाग्री, सवारि साधन भाडा, ईन्धन खर्च, गाेष्ठी अन्तरक्रिया र कार्यालय संचालन सम्मकाे खर्च सार्वजनिक गरेका हुन् । उनले निर्वाचन आयाेगमा बुझाएकाे खर्च विवरण सामाजिक संजाल फेसवुक मार्फत सार्वजनिक गरेका हुन् । उनि स्वतन्त्रबाट कर्णाली प्रदेश सभा सदस्यमा विजयी भएका थिए । ढ
Read More
नेविसंघ द्धारा बृक्षारोपण

नेविसंघ द्धारा बृक्षारोपण

नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसर पारेर नेविसंघ जुम्लाले बृक्षारोपण गरेको छ । चन्दननाथ नगरपालिका ५ मा रहेको चन्दननाथ मन्दिर पार्कमा बृक्षारोपण गरिएको हो । चन्दननाथ मन्दिरमा परिसरमा नयाँ निमार्ण भएकाे  पार्कमा बृक्षारोपण पनि आवश्यक भएको हुदा विद्यार्थीहरुले पार्कमा बृक्षारोपण गरेको नेपाल विद्यार्थी संघ जुम्लाका सभापति महेश हमालले वताए । विद्यार्थी संघको स्थापना दिवसको अवसरमा रुख रोपेका छौ यसले पार्कको सुन्दरता संगै वातावरणमा समेत सघाउ पुर्याउने भएकाले बृक्षारोपण गरिएको हो । विद्यार्थीले गरेको बृक्षारोपणमा डिभिजन वन कार्यालयका यमराज कार्की विद्यार्थी नेताहरु निराजन उपाध्याय, महेन्द्र कार्की लगायतले  बृक्षारोपण गरेका छन् । (more…)
Read More