काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १२: १५ बजे राष्ट्रिय सभाको बैठक बस्ने भएको हो । आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख २८ गते दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यकममाथि छलफल हुने कार्यसूची रहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने छन् भने आज छलफल शुरु हुने छ ।
बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाट कुडुलेमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । प्रहरीले दुर्घटनामा ४ जनाको ज्यान गएको जानकारी दिदै २७ जना घाइते भएको बताएको छ । मृत्यु हुनेमा पोखरा महानगर-१९ की ७८ बर्षिय राममाया बस्नेत, ७८ बर्षिय विन्दु कुँवर, पर्वत मोदी गाउँपालिका-५ की ५० बर्षिय कौशिला रेग्मी र मोदी- ५ का ४५ बर्षका चालक रमेश जिसी रहेका छन् ।सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी–८ को कुडुलेफाट नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको…
काठमाडौं । सरकारले जलस्रोतको व्यवस्थापनलाई संघीय संरचना अनुरुप व्यवस्थित गर्न जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जलस्रोत विधेयक २०८३’ को मस्यौदा परिमार्जन कार्य पूरा गर्दै त्यसलाई स्वीकृतिका लागि अघि बढाउने तयारी गरेको हो । हाल कार्यान्वयनमा रहेको जलस्रोत ऐन २०४९ लाई प्रतिस्थापन गर्ने उद्देश्यसहित तयार गरिएको विधेयकले संविधानले व्यवस्था गरेको संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार बाँडफाँटलाई कानुनी आधार दिनेछ । नयाँ ऐन जारी भएपछि प्रदेश तथा स्थानीय तहहरूले पनि आफ्नो अधिकार क्षेत्रअनुसार छुट्टै कानुन निर्माण गर्न सक्ने छन् । मन्त्रालयका अनुसार विधेयकको मुख्य उद्देश्य जलस्रोतको संरक्षण, बहुआयामिक उपयोग र समुचित…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट बर्खास्त गरिएको छ । सभामुख डोल प्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति पौडेलले आजदेखि लागू हुनेगरी पदबाट हटाएका हुन् । संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सचिव राईलाई सभामुख अर्यालले यसअघि दूई पटक स्पष्टीकरण सोधेका थिए ।
काठमाडौँ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसको अवसरमा शनिबार कार्यपालिका र व्यवस्थापिकाको कार्यशैलीप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेपछि नयाँ बहस शुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमै उनले न्यायपालिका माथि दबाब सिर्जना गर्ने प्रयास भइरहेको संकेत गर्दै संविधानवाद, विधिको शासन र न्यायपालिकाको स्वतन्त्रता संकटमा पर्न सक्ने चेतावनी दिएकी थिइन् । उनको अभिव्यक्तिलाई पछिल्लो प्रधानन्यायाधीश सिफारिस प्रक्रियासँग जोडेर पनि हेरिएको छ । संवैधानिक परिषद्ले केही दिनअघि वरिष्ठताको सूचीमा चौथो स्थानमा रहेका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि न्यायालयभित्र र बाहिर बहस चर्किएको थियो । कामु प्रधानन्यायाधीश मल्लसहित तीन वरिष्ठ न्यायाधीशलाई पछि पारिएको भन्दै न्याय क्षेत्रभित्र असन्तोष देखिएको…