खोज्नुहोस

Advertisement
Avatar

Deepak Budthapa

29 Posts
७ वटा घरसहित शृङ्खलाबद्ध आगजनी गर्ने व्यक्ति सार्वजनिक

७ वटा घरसहित शृङ्खलाबद्ध आगजनी गर्ने व्यक्ति सार्वजनिक

  जुम्लामा सात वटा घरसहित शृङ्खलाबद्ध आगजनीका घटना गर्ने व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । यही साउन ५ र ६ गते तथा विभिन्न समयमा सात वटा घर, ट्र्याक्टर र अटो रिक्सामा आगजनी गर्ने जुम्लाकाे गुठीचौर गाउँपालिका–४ उखाडी घर भई चन्दननाथ नगरपालिका–२ भण्डारीवाडा बस्ने रत्नबहादुर अधिकारीलाई प्रहरीले आज मङ्गलवार सार्वजनिक गरेको हो । नचिनेका व्यक्तिका समूहबाट जलेका भनिएका सात वटा घर रत्नबहादुर अधिकारीले जलाएको पुष्टि भएको छ । एकै समयमा जलेको ट्र्याक्टर, अटो रिक्सामा समेत उनले आगजनी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रह्लाद कार्कीले जानकारी दिनुभयो । अधिकारीले साउन २ गते चन्दननाथका साउनेखर कामीको गाईभैँसी पाल्ने…
Read More
त्रिवेणी–टोप्ला सडक खण्ड स्तरउन्नतिका लागि बोलपत्र आव्हान

त्रिवेणी–टोप्ला सडक खण्ड स्तरउन्नतिका लागि बोलपत्र आव्हान

रारा राजमार्ग अन्र्तगतको त्रिवेणी–टोप्ला सडक खण्ड स्तरउन्नति हुने भएको छ । त्रिवेणी–टोप्ला सडक खण्ड स्तरउन्नतिका लागि सडक डिभिजन जुम्लाले बोलपत्र आव्हान गरेको छ । (लुम्बिनी रारा पर्यटकीय द्रुत मार्ग अन्र्तगतको) त्रिवेणी–टोप्ला सडक खण्डमा ग्रावेल तथा सडक चौडा बनाउन बोलपत्र आव्हान गरिएको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्टले जानकारी दिएका छन् । यस्तै रारा राजमार्ग अन्र्तगत २÷२ कल्भर्ट र कज्वे निर्माणका लागि समेत बोलपत्र आव्हान गरिएको उनले बताए । ‘वर्षाको समयमा प्रतिकुम मौसमले सडक निर्माण, स्तरउन्नतिका काम ठप्प हुन्छन्, यो समयलाई मितव्ययी ढंगले उपयोग गर्दै बोलपत्र आव्हान गर्ने विभागको नीति हुन्छ, हामीले साउनको पहिलो हप्तामै बोलपत्र आव्हान गर्न सफल भएका छौं…
Read More

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा प्राध्यापकहरुले गरे तालाबन्दी

  स्थायी हुनुपर्ने मागसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक र अध्यापकहरूले प्रतिष्ठानका पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएका छन्। करार प्राध्यापक, अध्यापकहरूलाई स्थायी गर्नुपर्ने माग राख्दै पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएर रिले अनसन सुरु गरेको अध्यापक तथा प्रध्यापक संघर्ष समितिका संयोजक सह-प्राध्यापक डाक्टर राम जीवन प्रसादले बताए। देशकाे सान बनेकाे प्रतिष्ठानमा कार्यरत प्राध्यापक, अध्यापकहरु जसकाे कारण देशकाे उत्कृष्ट नतिजा आइरहेकाे छ, उनले भने ‘दु:ख कुरा गर्विलाे नतिजा दिने प्राध्यापकहरु र अध्यापकहरु नै लामाे समय करारमा बस्नु परेकाे छ। प्रतिष्ठानलाई अझ अगाडि बढाउन काम गर्नेलाई स्थायित्व दिन जरुरी छ।’ पदाधिकारीको कार्यकक्षबाट हुने सबै काम ठप्प छन्। गत जेठ १४ गतेदेखि करार अध्यापक र प्रध्यापकहरूलाई…
Read More
डा धामी भए कर्णाली प्रतिष्ठानको रेक्टार

डा धामी भए कर्णाली प्रतिष्ठानको रेक्टार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको रेक्टार पदमा डा।डबल धामी नियुक्त भएका छन्। प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा।धामीलाई रेक्टारमा नियुक्त गरेका हुन्। मन्त्री बस्नेतले प्रतिष्ठानका उपकुलपति डा। मंगल रावलको सिफारिसका आधारमा डा। धामीलाई नियुक्त गरेका हुन्। उपकुलपति डा। रावलले डा। धामीसहित डा। भुमिराज क्षेत्री र डा। कुशल भट्टराईको नाम सिफारिस गरेका थिए। यसअघि उपकुलपति डा। रावलले रेक्टरका लागि डा। राजीव शाह, डा। माया राई र डा। अनुस्मृती पालको नाम सिफारिस गरेका थिए। तर, मन्त्री बस्नेतले उनीहरु बाहेकका नाम सिफारिस गर्न भनेपछि उपकुलपति डा। रावलले नयाँ तीन जनाको नाम सिफारिस गरेका हुन्।
Read More
दिवसको र्यालिले रोकिदैन,लागुऔषध

दिवसको र्यालिले रोकिदैन,लागुऔषध

कहिले यति लागुऔषधका साथ यति जना प्रकाउ परे,अनि कहिले यति जनालाई यो साम्रगी बनाँउदा बनाँउदै पक्राउ लगायत बिभिन्न अन्य समाचारहरु हामीले बिभिन्न परिपेक्ष्यमा सुन्दै आएका छौं ।हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस का रुपमा मनाउने निर्णय संयूक्तराष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको रहेछ । यस दिवसको एउटामात्र उदेश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोवारवाट मुक्त गराउनु हो । जुम्लामा लागुऔषधका प्रयोगकर्ता अनि कारोवारीहरु १८ वर्ष भन्दा माथी र ४० वर्ष भन्दा तलउम्मेर समुहका धेरै यूवा नै छन् । किनभने यो उमेरमा मान्छेहरु अत्यन्त जोखिम अनि तरल अवस्थामा…
Read More
error: Content is protected !!