खोज्नुहोस

Avatar

Deepak Budthapa

29 Posts
काठमाडौं जाने यात्रु रामेछापमा अलपत्र छोडेर लुक्लाको उडान

काठमाडौं जाने यात्रु रामेछापमा अलपत्र छोडेर लुक्लाको उडान

सोलुको लुक्लाबाट काठमाडौंका लागि उडेका यात्रुलाई सीता एयरले रामेछाप विमानस्थलमा ओरालेर अलपत्र छाडेको छ । बिहीबार बिहान लुक्ला काठमाडौंको उडानमा रहेको सीता एयरको ९एन–एजेएच जहाज काठमाडौंको मौसम खराब भएपछि धुलिखेलको आकाशबाट रामेछाप डाइभर्ट भएको थियो । रामेछाप विमानस्थलमा यात्रु ओरालेर सोही जहाजले लुक्लाको उडान गरेको थियो । अघिल्लो उडानमा काठमाडौं जाने यात्रु भने रामेछाप विमानस्थलमा नै छोडिएको छ । सीता एयर रामेछापका स्टेसन इन्चार्ज सरोज घिमिरेले काठमाडौंको मौसमका कारण डाइभर्ट भएको जहाज रामेछापबाट काठमाडौं जाने अनुमति नभएकोले यात्रुहरुलाई अर्को उडानको व्यवस्था गर्न नसकिएको बताए । रामेछापका यात्रु लुक्ला हुँदै फेरि काठमाडौं उडान गर्न पाउँथे तर सीता एयरले त्यस्तो उडान गरेन । ‘आज होइन, भोलिका लागि त्यस्तो…
Read More
ओम्नी, बालुवाटार प्रकरण पनि छानबिन हुन्छ । : पौडेल

ओम्नी, बालुवाटार प्रकरण पनि छानबिन हुन्छ । : पौडेल

नेकपा (माओवादी केन्द्र) का सचिव तथा सांसद देवेन्द्र पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई टुंगोमा पुर्‍याएपछि अन्य भ्रष्टाचारका प्रकरणमा पनि छानबिन गर्नुपर्ने बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई प्रभावित पार्नका लागि अरु प्रकरणको पनि छानबिन गर्नुपर्ने भनेर विषयान्तर गर्न खोजिएको पनि बताए । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद पौडेलले एउटा विषयको छानबिन भइरहेको बेला अर्को विषयमा पनि छानबिन गर्नुपर्छ भन्ने विषय उठाएर समस्याको समाधान नहुने बताए । 'एउटा विषयको छानबिन चलिराखेको बेलामा, अर्को विषय उठाइदिएर विषयान्तर नगरौँ । भुटानी शरणार्थीको विषय गम्भीरतापूर्वक उठेको छ । सत्यतथ्यलाई निष्कर्षमा पुर्‍याउनका लागि सरकारलाई सम्बन्धित निकायहरूलाई सहयोग पुर्‍याउनुपर्ने यतिबेलाको हामी सबैको साझा कर्तव्य र दायित्व…
Read More
दुर्घटना दोहोरिरहने उर्थु ‘कोटा भीर’

दुर्घटना दोहोरिरहने उर्थु ‘कोटा भीर’

जुम्लाको पातारासी गाउँपालिका वडा नम्वर ६ उर्थु कोटाभिरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज विहान जुम्ला खलंगाबाट उर्थु जाँदै गरेको क १ घ १५ नम्बरको अटो कोटा भिरमा दुर्घटना हुँदा चन्दननाथ १० का अन्दाजी ४० वर्षका मेघराज न्यौपानेको मृत्यु भएको हो । घाइते न्यौपानेको जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक प्रह्लाद कार्कीले जानकारी दिएका छन् । अटोमा चालक सहित ३ जना सवार रहेकोमा पातारासी ३ का ४२ वर्षका कृष्ण बहादुर बोहोरा सामान्य घाइते भएका छन् । चालक सशुकल छन् । अटोचालक चन्दननाथ ९ का गोविन्द…
Read More
तिला ६ का घोडे, रिपी र सुडीगाउँ बालबिवाहमुक्त घोषणा

तिला ६ का घोडे, रिपी र सुडीगाउँ बालबिवाहमुक्त घोषणा

जुम्लाको तिला गाउँपालिका वडा नंं. ६ स्थित तीन वटा गाउँलाई बालबिवाह मुक्त घोषणा गरिएको छ । तिला ६ मा पर्ने घोडेमहादेव,रिपी र सुडिगाउँलाई मंगलबार जुम्लाको दोस्रो वडाका रुपमा बालबिवाह मुक्त घोषणा गरिएको हो । गरिबी,देखासिकी,प्रविधिको दुरुपयोगले बढ्दो बालबिवाह पछिल्लो समय सरकारी तथा गैरसरकारी निकायको साँझा अभियानले शुन्यमा पुगेपछि तिला गाउँपालिका वडा नंं ६ लाई जिल्लाकै दोस्रो वडाका रुपमा बालबिवाह मुक्त घोषणा गरिएको छ । तिला ६ मा पर्ने घोडेमहादेव गाउँमा ६८,रिपी गाउँमा ३५ घरधुरी र सुडी गाउँमा ११० घरधुरी जम्मा २ सय १३ घरधुरीका २० वर्ष मुनिका कुनै पनि बालबिवाहले बालबिवाह नगरेको ५१ व्टा सुचक पुरा गरेपछि बालविबाह मुक्त घोषण…
Read More
जुम्लामा असिनाले स्याउको फूल नष्ट

जुम्लामा असिनाले स्याउको फूल नष्ट

जुम्लामा असिनाले स्याउ र ओखरको फूल नष्ट भएका छन्। एक हप्ता अगाडि परेको असिना पानीले फूलेका स्याउको फूल नष्ट गरेको स्थानीय किसानले जनाएका छन्। सिंजा गाउँपालिकाको-२ लगायत उच्च क्षेत्रमा असिना पानी आएपछि किसान चिन्तित भएका छन्। सिंजा गाउँपालिका २ का वडाध्यक्ष तिर्थवडका अनुसार त्यस क्षेत्रमा आएको असिना पानीले ८ हजार बढि स्याउका विरुवाको फूल नष्ट गरेकाे छ। स्याउ फुल्ने समयमा असिना आएपछि ठूलो क्षेति भएको किसान पुर्णचन्द्र आचार्यले बताए। किसानहरुका अनुसार त्यस क्षेत्रका पारीदेव, ओखलदुडिचौर, लामासिम लगायतका क्षेत्रमा करिब ८ हजार स्याउ विरुवाको असिनाले क्षति पुर्‍याएको छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले क्षतिको विवरण संकलन नगरिसकेको र…
Read More