काठमाडौँ । सरकारद्धारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीचको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार साँझ सम्पन्न वार्ता फलदायी भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । सञ्चारमन्त्री खरेलले भने- 'सरकार र नागरिक बचाउ महाअभियानबीचको सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ । दुबैतर्फबाट आ–आफ्ना कुराकानी सौहार्दपूर्ण ढङ्गले राखियो । आन्तरिक गृहकार्य गर्दै यसलाई निरन्तरता दिने र सम्बोधन गर्दै जाने प्रारम्भिक समझदारी बनेको छ ।' अभियानका केन्द्रीय प्रेमदिप लिम्बुले वार्तामा सकारात्मक र सौहार्दपूर्ण वातावरण कुराकानी भएको बताए । आन्तरिक गृहकार्य गरेर चरणद्ध वार्ता र…
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक भई हाल नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख बिनेश मुन्नकर्मी उपरगैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुन्नकर्मीले २ करोड ५० लाख ३४ हजार अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाउदै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ । अख्तियारले उनकी श्रीमती पूर्ण केशरी गोसाईलाई समेत प्रतिवादी बनाएको छ । अख्तियारले २०५४ फागुन १ गतेदेखि पद बहाल गरेपछि २०८० मङ्सिर १४ गते पेश गरेको सम्पत्ति विवरण अनुसार उनले २ करोड ५० लाख ३४ हजारको स्रोत देखाउन नसकेको…
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ । राष्ट्र बैंकले मंगलबार विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीविरुद्ध भएका गैरव्यावसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ हुने भएकोले वित्तीय सेवा प्रभावित हुने क्रियाकलापमा संलग्न नहुन सम्बन्धित सबैलाई आग्रह गर्दै त्यस्ता गतिविधि गर्नेलाई कानुन अनुसार कारवाही हुने बताएको छ । ज्योति विकास बैंकका सप्तरीको रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा. लिका सञ्चालकसँग कर्जाको किस्ता नियमित गर्ने विषयमा छलफल गर्न गएको क्रममा बैंकका…
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ३१ वटा संस्थालाई अनुमति दिने निर्णय गरेको छ । फागुन २१ गते हुने चुनावको पर्यवेक्षण गर्न ४४ वटा राष्ट्रिय र ५ वटा अन्तर्राष्ट्रिय गरी ४९ वटा संस्थाहरूबाट आयोगमा निवेदन परेको थियो । निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ मा तोकिएका आधार र प्रक्रिया पूरा गरेका संस्थाहरूलाई पर्यवेक्षण गर्न अनुमति दिइएको आयोगमा सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन् । आयोगले निर्वाचन पर्यवेक्षण निर्देशिका बमोजिम आवश्यक पर्ने कागजात पेस नगरेका संस्थाहरूलाई पाँच दिनभित्र थप कागजात पेस गर्न पत्राचार गरिएको छ । माग भएबमोजिमका कागजात प्राप्त भएपछि आवश्यक निर्णय गरिने…
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मुल्य बढाएको छ भने डिजल तथा मट्टीतेलको मुल्य घटाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले बढाएको छ भने डिजल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको छ । मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोलको मुल्य प्रतिलिटर १६३ पुगेको छ भने डिजेल-मट्टीतेल प्रति लिटर १४२ भएको निगमले जनाएको छ ।