खोज्नुहोस

खसरैवार

खसरैवार

926 Posts
काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेसले बोलाएको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ । काँग्रेसले सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि  केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको  मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । कांग्रेसका नेता एवं पुर्व शिक्षामन्त्री आमोद प्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्ने लगायतका निर्णय गर्न बैठक बोलाइएको बुझिएको छ । ९२ बर्षिय उपाध्यायको शनिबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
Read More
एमालेको महाधिवेशनको निर्वाचन तालिका सार्बजनिक, पुस १ गते मतदान

एमालेको महाधिवेशनको निर्वाचन तालिका सार्बजनिक, पुस १ गते मतदान

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । सार्बजनिक कार्यतालिका अनुसार आजै मतदाता नामावली सार्बजनिक गरिने भएको छ भने सोमबार बिहान  मतदाता नामावली उपर दाबि विरोध, छानबिन र निर्णयपछि अन्तम मतदाता नामावली सोमबार बिहान १०: १५ बजे प्रकाशित गरिने उल्लेख छ । त्यसपछि उम्मेदवारी दर्ता सोमबार बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म हुने भएको छ । सोमबार नै उम्मेदवारको दाबी विरोध, छानबिन, नाम फिर्ता सकेर अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुने निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान पुस १…
Read More
दुम्सी मार्ने क्रममा प्वालमा अड्किएका पुरुषको सकुशल उद्धार

दुम्सी मार्ने क्रममा प्वालमा अड्किएका पुरुषको सकुशल उद्धार

सप्तरी । दुम्सी मार्ने क्रममा दुम्सीमो प्वाल अड्किएका एक पुरुषको सकुशल उद्धार गरिएको छ । सप्तरी जिल्लाको कन्चनरुप नगरपालिका–११ स्थित बक्सा बस्ने ५० वर्षिय दिलिप रेग्मी दुम्सी मार्न प्वालमा छिर्ने क्रममा अड्किएका थिए । सो लगत्तै उनीसँगै गएका उनका साथीहरुले जानकारी गराएपछि पश्चात सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदह र सितापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजसहित नेपाल प्रहरीको संयुक्त टोलीले ५ घण्टादेखि जमिन मुनि फसेका रेग्मीलाई करीव २० मिटर भित्रबाट सकुशल उद्धार गरेको हो । उद्धार पश्चात उनलाई उपचारको लागि धर्मेश्वर अस्पताल ठेलियातर्फ पठाएको छ । उनी पहिलेदेखि नै दुम्सीको सिकार गर्दै आईरहेको बुझिएको छ ।
Read More
राष्ट्रपति पौडेल समक्ष राष्‍ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन पेश

राष्ट्रपति पौडेल समक्ष राष्‍ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन पेश

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले राष्‍ट्रपति रामचन्द्र पौडेल समक्ष राष्‍ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेकी छन् । आइतबार राष्‍ट्रपति भवनमा आयोजित एक समारोहमा प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा २६६ उपधारा (३) बमोजिम राष्‍ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/०८२ मा राष्ट्रिय सुरक्षा परिषद्‍बाट भएका महत्त्वपूर्ण निर्णय तथा सम्पादित प्रमुख कार्यहरूको विवरण र सुरक्षा विश्‍लेषण समावेश गरी तयार गरिएको 'आठौं वार्षिक प्रतिवेदन' वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
Read More
एमाले महाधिवेशन: आजदेखि भृकुटीमण्डपमा बन्दसत्र

एमाले महाधिवेशन: आजदेखि भृकुटीमण्डपमा बन्दसत्र

काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशनको दोस्रो दिन आजदेखि बन्दसत्र शुरु हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा एमालेको बन्दसत्र संचालन हुने कार्यक्रम रहेको छ । बन्दसत्रमा देशभरबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरुले मात्र भाग लिने छन् । एमालेको यस महाधिवेशनमा कुल २ हजार २६८ प्रतिनिधि सहभागी रहेका छन्, जसमा १०८ प्रतिनिधि मनोनित सचिवालयले मनोनित गरेको छ । बन्दसत्र संचालनक लागि सबै पदाधिकारीको अध्यक्ष मण्डल गठन गरिएको छ । त्यस्तै बन्दसत्रबाट पारित गर्ने प्रस्तावको संयोजन गर्न उपमहासचिव प्रदिव ज्ञवालीको संयोजकत्वमा कमिटी बनाइएको छ भने बन्दसत्रको माइन्यूटिङ गर्नका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा कमिटी गठन गरिएको छ । नेतृत्व चयनमा प्रतिष्पर्धा: सोमबारसम्म संचालन…
Read More