कालिकोट । नेपाली काँग्रेस कालिकोटले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि युवा नेता भूपेन्द्रजंग शाहीसहित ३ जनाको नाम सिफारिस गरिएको छ । जिल्ला कार्यसम्पादन समितिको बैठकबाट शाहीसहित तीन जनाको नाम सिफारिस गरिएको हो ।' प्रतिनिधिसभा प्रत्यक्षतर्फ भूपेन्द्रजंग शाही, पार्टी सभापति अम्बबहादुर शाही र महिला नेता सीता रावल छन् । यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ कालीबहादुर सहकारी (खस-आर्य), सुशीला शाही बम (महिला) र मनबहादुर नेपाली (दलित) सिफारिस गरिएको छ ।
नव नियुक्त वन तथा वातावरण मन्त्री माधव चौलागाईंले कर्णाली प्रदेशको विकास र गतिशीलतामा जेनजी आन्दोलन महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ ।शुक्रबार पद तथा गोपनीयताको शपथग्रहण पछि मन्त्रालयमा पदभार ग्रहणमा मन्त्री चौलागाईले सरकारले जेनजी आन्दोलनलाई संस्थागत गरि सकेको उल्लेख गर्नु भएको छ । कर्णालीकोे विकासलाई कसरी रूपान्तरण गर्ने भन्ने बिषयमा हामीले गम्भीर रूपमा सोच्नु पर्छ मन्त्री चौलागाईले भने देश परिर्वतनमाजेनजीको ठूलो भूमिका छ । जेनजी आन्दोलनको अग्रपङ्ति र घाइतेमा पनि कर्णालीका बढी रहेको उहाको भनाई छ ।मन्त्री चौलागाईका अनुसार कर्णालीमा घोषणा गरिएको नयाँ राष्ट्रिय निकुञ्जलाई प्रभावकारी रूपमा संचालन गरिने बताउनु भएको छ । अघिल्लो ओली सरकारका निर्बमान वन तथा वातारण…
काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशन आजदेखि शुरु हुदैछ । महाधिवेशनको उद्घाटनसत्र आज बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा हुने एमालेको सचिवालय बैठकले निर्णय गरेको छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार महाधिवेशनको उद्घाटन सत्रमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुका प्रतिनिधिहरुले शुभकामना दिने र उद्घाटनसत्रमा अध्यक्ष केपी शर्मा ओली सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै महाधिवेशनमा विदेशी पार्टीबाट आएका शुभकामना सन्देश पढेर सुनाइने तर विदेशी दलका प्रतिनिधिहरु नबोलाइएको उनले बताए । यसैगरी महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालका अनुसार महाधिवेशन भयरहित वातावरणमा सम्पन्न गर्नको निम्ति २४ वटा जनसंगठनहरूलाई प्रतिनिधित्व गराएर ५०० बढी स्वयंसेवकहरू ड्रेसकोडमा रहनेगरी व्यवस्था गरिएको र उद्घाटनको दिनको…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल खेल हुदैछ । एनपीएलको दोस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन् । फाइनल खेल आज दिउसो साढे ३ बजेदेखि टियु क्रिकेट मैदान किर्तिपुरमा हुदैछ । सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको सुदूरपश्चिम समुह चरणको एक मात्र हार अन्तिम खेलमा विराटनगरसँग बेहोरेको थियो । त्यस्तै लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै पराजित गर्दै पहिलो पटक फाइनलमा पुगेको हो । लुम्बिनीबाट यस सिजनमा कप्तान रोहित पौडेल, डिआर्ची शर्ट, शेर मल्ल, तिलक भण्डारी, रुबेन ट्रम्पेलम्यान, दिलिपनाथ, सन्दीप जोरलगायतका खेलाडीले…
काठमाडौँ । नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन् । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै चार जान कुमार इङ्नाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्री नियुक्त गरेकी थिइन् । राष्ट्रपति कार्यालयमा आयोजित कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । राष्ट्रपति कार्यालयकाअनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रेष्ठलाई महिला,बालबालिका तथा ज्येष्ठ नागरिक, चौलागाईंलाई वन तथा वातावरण, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । योसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ । शुक्रबार मन्त्री बन्नेमध्ये इङ्नाम अधिवक्ता हुन् । त्यस्तै…