काठमाडौँ । अमेरिकाको भर्जिनियाकी क्यारी एडवर्ड्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर लोटरीमा एक लाख ५० हजार डलर जितेकी छन् । उनले सेप्टेम्बर ८ मा भर्जिनिया पावरबल लटरीमा सही तरिकाले निकालिएका लटरी नम्बरहरू छनौट गर्न च्याटजिपिटीलाई आग्रह गरेकी थिइन् । क्यारीले च्याटजिपिटीको सुझाव अनुसार निकालेको मुख्य नम्बरहरू र पावर बल नम्बर मिलेपछि उनले एक लाख ५० हजार डलर जितेको मिडिया रिपोर्टमा उल्लेख छ । क्यारीले आफ्नो फोनमा जितको सन्देश प्राप्त गरिन्, उनले यसलाई विश्वास नगरेको बताएकी छन् । जितपछि क्यारीले सबै पैसा तीन परोपकारी संस्थाहरूलाई दान गर्ने निर्णय गरेको बताएकी छन् ।
अभिनेत्री आशा भुषाललाई चाैथाे काब्य म्युजिक अवार्ड दिइएकाे छ । नेपाली चलचित्र उद्योगमा डेढ दशक भन्दा लामो सयम देखि निरन्तर सक्रिय रहदै आएकी अभिनेत्री आशा भुषाललाई टेलिश्रृखला मेरी बास्सैबाट “बेष्ट टेलिरिसियल एक्टर्स” अन्तर्गत काब्य म्यूजिक सेन्टर र दक्षिणकाली अफसेट प्रेसको संयुक्त आयोजनामा चौथो काब्य म्यूजिक अवार्ड २०८२ प्रदान गरिएको हो । नेपाली सिनेप्रेमीहरुको मनमुटुमा बस्न सफल नाम बनेकी अभिनेत्री भुषाल सिन्धुलीमा जन्मिएकी हुन उनले अभियनको दुनियामा आफ्नो विशेष स्थान बनाएकी छन् । भने हट एण्ड बोल्ड अभिनेत्री आशाले चलत्रि देखि म्युजिक भिडियो हुदै टेलिश्रृंखलामा पनि चम्किलो यात्रामा अघि बढेकी छन् । उनले दुश्मनी बाट चलचित्र दुनियामा आफ्नाे यात्रा सुरु गरेकी…
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।…
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गरेको हो । जुम्ला घर भएका कार्कीलाई विभागको मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गर्ने निर्णय गरिएको हाे । गुप्तचर प्रमुखको ३ वर्षे पदावधि पुरा गरेर हुतराज थापा भदौ २८ देखि अनिवार्य अवकाशमा गएपछि प्रमुखको पद रिक्त थियो । नवनियुक्त प्रमुख कार्की २०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका थिए । उनले आफ्ना प्रतिस्पर्धी ओम प्रकाश जोशीलाई पछि पारेका छन् । जेनजी प्रदर्शनको कारण सत्ता परिवर्तन भएसँगै प्रधानमन्त्री शुसीला कार्की नेतृत्वकाे मन्त्रिपरिषद्ले उनलाई गुप्तचर प्रमुखमा नियुक्त गर्ने…
जुम्ला — जुम्लाको गुठिचौर गाउँपालिका-२ गुठिचौरमा दोस्रो प्याराग्लाइडिङ महोत्सव सुरु भएको छ । गुठिचौर गाउँपालिकाको आयोजनामा आइतबारदेखि सुरु भएको महोत्सव असोज ११ सम्म चल्नेछ । महोत्सव उद्घाटन गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले गरेका थिए । आइतबार पहिलो दिनमा २५ वटा उडान भरेको अध्यक्ष बुढाले वताए । प्याराग्लाइडिङ महोत्सवमा पोखरा, स्याङ्जा र सुर्खेतका गरेर १२ जना चालक जुम्ला आइपुगेका छन् । यो वर्ष २ सय ५० भन्दा धेरै उडान भर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । अघिल्लो वर्ष गरिएको पहिलो प्याराग्लाइडिङ महोत्सवमा २ सय ३४ उडान गरिएको थियो । साहसिक पर्यटन विकास गर्न प्याराग्लाइडिङ क्षेत्रलाई प्रवर्द्धन गर्न लागिएको हो । महोत्सव मनोरञ्जनका लागि मात्र नभइ गुठिचौरलाई…