काठमाडौं । एआइजी डा. मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को जिम्मेवारी दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी डा. केसीलाई सीआईबी प्रमुखका रुपमा सरुवा गर्ने निर्णय गरेको गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिएका हुन् । केसीले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका थिए ।
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद्को विस्तार गर्ने तयारीमा रहेकी छन् । हाल तीन जना मात्र मन्त्री बनाएकी प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को विस्तार गर्न स्वतन्त्र, पुर्व कर्मचारी र अन्य क्षेत्रका विज्ञहरुसँग छलफल गरिरहेकी छन् । उनले आजै मन्त्रीहरुको टुंगो लगाउने गरि छलफल गरिरहेको बुझिएको छ । प्रधानमन्त्री कार्कीले जेनजीका केहि प्रतिनिधिहरु, आफु निकट सहयोगीहरुसँग छलफल गरिरहेकी छन् । अहिलेसम्म महावीर पुन, स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता मिश्र, सञ्चारकर्मी जगदीश खरेल, सुदन गुरुङ, रक्षा बम, पुर्व न्यायाधीश अनिलकुमार सिन्हा लगायतको नामको बारेमा छलफल भएको छ । यी नामको विषयमा छलफल भएपनि निर्णय हुन बने बाँकी रहेको बताइएको छ । प्रधानमन्त्री कार्कीले…
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रोकेको एम्बुलेन्स वितरण गर्ने कार्य फेरी सुचारु गरेको छ । महानगरका प्रमुख बालेन शाहले यस बारेमा जानकारी दिदै असोज ७ गतेदेखि एम्बुलेन्स वितरण शुरु गर्ने बताएका हुन् । बालेनका अनुसार पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिने छ । एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पीछडिएका स्थानलाई प्राथमिकता दिइएको बालेनले उल्लेख गरेका छन् । उनले स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार भएको विश्वास व्यक्त गर्दै देशका दुर्गम भूभागमा जीवन बचाउनु आफुहरुको कर्तव्य समेत भएको बताएका छन् । बालेनले यो मात्र सुरुवात भएको बताउदै कसैले स्वास्थ्य…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानबमोजिम आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । यस विधेयकमा आमाका नामबाट नागरिकता लिन सकिने, नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहे पाइने जस्ता व्यवस्था गरिएको छ । प्रतिनिधिसभाले गत असार १४ गते राष्ट्रिय सभाले भदौ ६ गते उक्त विधेयक पारित गरेको थियो । राष्ट्रिय सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाएर सभामुख देवराज घिमिरेले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए ।
जुम्ला । उद्योग बाणिज्य संघ जुम्लाको अध्यक्षमा दिल बहादुर रोकाया निर्विरोध निर्वाचित भएका छन् । शनिवार सम्पन्न चुनावी साधारण सभाबाट अध्यक्षमा रोकाया सहित १६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरिएको हो । जसमा बाणिज्य तर्फको उपाध्यक्षमा डम्बर कुमारी खड्का, उद्योगतर्फको उपाध्यक्षमा बालकृष्ण बुढा, महिला उपाध्यक्ष तर्फ सुनिता श्रेष्ठ निर्वाचित भएका छन् । भने महासचिवमा देवेन्द्रराज उपाध्याय, कोषाध्यक्षमा अनुपमा रोकाया निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै, खुल्ला सदस्यामा मन्न थापा, मेगराज देवकोटा, टेकेन्द प्रसाद नगरकोटि, भगवति थापा, राष्टु कठायत, महिला सदस्यमा रम्वा भन्डारी, जनजाती सदस्यमा नन्द बहादुर गुरुङ, दलित सदस्य तर्फ हरि बहादुर सार्की, एसोसिएट सदस्य रवि मनिहार, वस्तुगत…