काठमाडौँ । गृह एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले असोज ५ गते आईतबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । सोही अवसरमा भाद्र २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा दिवंगत सहिदहरुप्रति उच्च सम्मान व्यक्त गर्दै घाईते नागरिक तथा सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेका थिए । मन्त्री अर्यालले सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापना कालदेखि नै मुलुकमा देखा परेका विभिन्न अप्ठ्यारा परिस्थितीहरुमा आईपरेका चुनौतीहरुलाई परास्त गरी राज्य र नागरिकको सेवा र सुरक्षामा समर्पित सुरक्षा निकायको रुपमा स्थापित गराएको चर्चा गर्दै आगामी निर्वाचनमा पूर्ण तयारी र योजनाका साथ…
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ । आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्र श्राद्ध गर्ने कि नगर्ने ? सुतक कति बजेदेखि लाग्छ ? लगायत प्रश्न धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेकाले नेपालबाट नदेखिने ग्रहण बार्नु नपर्ने र यसको कुनै दोष पनि नलाग्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन रहेको उनले बताए । आश्विन कृष्ण औँसीका दिन आइतबार लाग्ने सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशबाट मात्र देखिने जनाइएको…
काठमाडौँ । नेपाली कांग्रेसले जेनजी आन्दोलनको क्रममा आगजनीले ध्वस्त भएको पार्टी केन्द्रीय कार्यालय आज क्षतिको विवरण सार्वजनिक गर्दै सरसफाई गर्ने बताएको छ । कांग्रेसको सुचना, सञ्चार तथा प्रचार विभागले सिंगो राष्ट्र शोकमा डुवेको अवस्थामा पार्टी कार्यकर्ताको पसिनाले बनाएको भवन जलेर खरानी भएको भग्नावेस एक पटक हेर्न पाउन भनेर शनिबारसम्म जस्ताको तस्तै राख्ने र आइतबार सरसफाई गर्ने जानकारी दिएको छ । साथै विभागले दिनको १ बजेदेखि सरसफाई गर्ने र सामुहिक सरसफाई कार्यमा सहभागी हुन पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका पदाधिकारी सदस्यहरु, कार्यालयका कर्मचारी साथीहरु एवं नेपाली कांग्रेसलाई माया गर्ने सम्पूर्ण आमावुवा, दाजुभाई तथा दिदीवहिनीहरुलाई सरसफाइका…
काठमाडौँ । विश्व अल्जाइमर्स दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर २१ का दिन मनाइँदै आएको अल्जाइमर्स दिवसको यस वर्षको नारा ‘डिमेन्सियाको बारेमा सोधौं' रहेको छ । रोगको पहिचान समयमै गर्ने र यो रोग हुन बढावा दिने मुख्य कारकतत्वलाई समयमै पहिचान गरेर बिर्सिने रोगबाट बच्नका लागि आह्वान गरिएको छ । उक्त दिवस सन् १९९४ देखि मनाउन थालिएको हो । अल्जाइमर्स जसलाई बिर्सिने रोगका रुपमा बुझ्ने गरिन्छ । नेपालमा हाल बिर्सिने रोगबाट एक लाख ११ हजारभन्दा बढी व्यक्ति पीडित रहेको बताइएको छ । नेपालमा ६५ वर्ष माथि उमेरका ६.५ प्रतिशत व्यक्तिमा विर्सिने रोग लागेको बताइएको छ…
काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी…