काठमाडौँ । लिभरपुलले इङलिश प्रिमियर लिगमा अपराजित यात्रा कायमै राखेको छ । शनिबार सम्पन्न खेलमा लिभरपुलले एभर्टनलाई २-१ गोल अन्तरले पराजित गरको हो । लिभरपुलको जितमा रयान ग्राभेनबेर्च र हुगो एकीटिकले एक एक गोल गरेका थिए । त्यस्तै एभर्टनका लागि इद्रिसा गुएयले एक गोल गरेका थिए । यो जितपछि लिभरपुलले यस सिजनको प्रिमियर लिगमा लगातार पाँचौं जित हासिल गरेको छ । लिभरपुलको ५ खेलमा १५ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै एभर्टनको भने यो यस सिजनमा दोस्रो हार हो । यो हारपछि ५ खेलमा ७ अंक रहेको छ ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ गतेको दमन र २४ गतेको घुसपैठको छानबिन हुनुपर्ने बताएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले भदौ २३ गते भएको जेनजी आन्दोलनमाथि तत्कालिन सरकारले गरेको दमन र २४ गते भएको घुसपैठको छानबिन हुनुपर्ने बताएका हुन् । उनले शहिद परिवार र घाइते भेट्न नगएको बारे स्पष्टिकरण दिदै भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दा राख्दै उनीहरु ढलेको उल्लेख गर्दै यो माग पुरा गर्न आफ्नो प्रयत्नले ठोस परिणाम ल्याएपछि बल्ल शहिद परिवार र घाइतेलाई भेट्न जाने बताएका छन् । उनले भनेका छन्- भाद्र २३ गतेको आन्दोलनमा व्यापक दमन भएको छ र दमनको…
काठमाडौँ । अर्थ मन्त्रालयले सहुलियत कर्जामा ब्याज अनुदानबापतको ९ अर्ब ८० करोड रुपैयाँ निकासा गरेको छ । शनिबार अर्थमन्त्री रामेश्वर खनालको मन्त्रीस्तरिय निर्णयबाट उक्त रकम निकासा गरिएको हो । लामो समयदेखि ब्याज अनुदानको रकम नपाउँदा बैंक तथा वित्तीय संस्थाले सहुलियत ब्याजको नयाँ कर्जा प्रवाह गरेका थिएनन् भने नागरिकले पनि महँगो ब्याज तिर्नु परिरहेको थियो । अर्थ मन्त्रालयले भनेको छ- 'आर्थिक वर्ष ०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजित कार्यक्रम संशोधनमार्फत प्रथम त्रैमासिक कायम गरी विगत सात वटा त्रैमासिकमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान राष्ट्र बैंकलाई शोधभर्ना उपलब्ध गराउने अर्थमन्त्रीस्तरको निर्णयअनुसार ९ अर्ब…
जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक बोलाइएको छ । जेनजी आन्दोलनको क्रममा भएको सरकारी संरचना तोडफोड तथा आगजनीपछि ध्वस्त भएको संरचनालाई मर्मत सम्भार गरेर मंगलबारका लागि बैठक बोलाइएको छ । सभामुख रामचन्द्र मण्डलको पहलमा शनिवार भएको सर्वदलीय बैठकबाट मंगलबार देखि प्रदेशसभाको बैठक बोलाउने सहमति भएको थियो । जेनजी आन्दोलनपछि भदौ २४ गते जनकपुरधाममा भएको प्रदर्शनमा मधेश प्रदेशसभा सचिवालय तथा संसदीय दलको कार्यालय, समितिको कार्यालयमा पनि तोडफोड आगजनी गरिएको थियो ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्ने बताएका छन् । संबिधान दिवसको अवसरमा सामाजिक संजालमार्फत ओलीले जेनजीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भएको र सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताएका छन् । ओलीले प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको, नेपालको नक्सा जलाइएको, देशको निशानी मेटाउन खोजिएको उल्लेख गर्दै जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको बताएका छन् । ओलीले भनेका छन्- दिदीबहिनी तथा दाजुभाइहरू ! आज संविधान दिवस । नेपाली जनताले ७० वर्षसम्म संघर्ष…