काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नभएको वर्तमान अवस्थामा संसद्को जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न राष्ट्रियसभा सदैव क्रियाशील रहने बताएका छन् । संविधान दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै संविधान कार्यान्वयन, आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा र त्यसको पूर्ण पालनामा लाग्न सैबलाई आग्रह गरेका छन्। अध्यक्ष दाहालले जेनजी पुस्ताको आन्दोलनले ल्याएको परिवर्तनसँगै सबै पक्षका बीचको एकताबाट तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र देशलाई फेरि जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्ने चुनौती रहेको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्- 'यस अवसरमा देशको परिवर्तन…
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले सामाजिक सञ्जालमा फैलाइएका हल्लाको पछि नलाग्न आग्रह गरेको छ । देउवाका निजी सचिव भानु देउवाले एक विज्ञप्ति जारी गर्दै भदौ २४ गते विभिन्न समुहले डकैतिको शैलीमा सभापति देउवाको निवासमा प्रवेश गरेर सांघातिक आक्रमण गरेको बताउदै यस्तो अपराधिक घटनापछि सामाजिक सञ्जालमा देउवा निवासमा अत्यधिक पैसा भेटिएको, पैसाको सुरुंग गरेको जस्ता कपोकल्पित समाचार सम्प्रेषण भइरहेकोभन्दै यस्ता समाचारको खण्डन गरेका छन् । विज्ञप्ति: गत भाद्र २३ र २४ गते नेपालका जेन-जी पुस्ताले आव्हान गरेको शान्तिपूर्ण प्रदर्शनक्रममा ज्यान गुमाएका सबैप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनु भएका सम्पूर्ण…
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले इटालियन क्लब नापोलीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले नापोलीलाई २-० गोल अन्तरले पराजित गरेको थियो । म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड र जेरेमी डोकुले एक एक गोल गरेका थिए । यस खेलमा खेलको २१औं मिनेटमा गिओभानी डि लोरेन्जोले रातो कार्ड पाएपछि नापोली १० खेलाडीमा सिमित भएको थियो ।
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले न्यूक्यासल यूनाइटेडमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले न्यूक्यासललाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मार्कस राशफोर्डले दुवै गोल गरेका थिए । त्यस्तै न्यूक्यासलका लागि एक गोल एन्थोनी गोर्डनले एक गोल फर्काएका थिए ।
काठमाडौँ । संविधान दिवस, २०८२ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम रहेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको १० वर्ष पूरा भएको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका…