खोज्नुहोस

खसरैवार

खसरैवार

712 Posts
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मुल्य, यथावत राख्ने निगमको निर्णय

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मुल्य, यथावत राख्ने निगमको निर्णय

काठमाडौँ । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको भएपनि चाडपर्व र देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै मुल्य यथावत राखेको जनाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २.२९ रुपैयाँ र डिजलमा ३.४६ रुपैयाँ बढेर आएको जानकारी दिएको छ । हाल काठमाडौँमा पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४५ रहेको छ ।
Read More
जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं । नेपाल प्रहरीले यही भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई जनही १०-१० लाख प्रदान गर्ने निर्णय गरेको छ । प्रहरी प्रधान कार्यालयले प्रतिपरिवार १० लाख उपलब्ध गराउने निर्णय गरेको हो । सो रकम प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रदान गरिने जनाएको छ । नेपाल प्रहरीले भनेको छ- 'मिति २०८२/०५/२३ र २४ गते आन्दोलनका क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारलाई नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही १० लाख उपलब्ध गराउने निर्णय भएको व्यहोरा अनुरोध छ ।' जेनजी आन्दोलनका क्रममा तीन प्रहरीको मृत्यु भएको थियो…
Read More
असोज १ गते शोक विदा दिने सरकारको निर्णय

असोज १ गते शोक विदा दिने सरकारको निर्णय

काठमाडौँ ।  सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन सरकारले विदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । सरकारले जेनजी आन्दोलनको न्यायिक छानबिन आयोग बनाउन सैद्धान्तिक निर्णय गरेको छ । त्यस्तै सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुका परिवारलाई यस अघि १० लाख दिने निर्णय गरिएकोमा त्यसमा थप ५ लाख गरि १५ लाख दिने निर्णय गरिएको छ । त्यसैगरी आन्दोलनमा शाहदत प्राप्त गरेकाहरुको स्मरणमा जेनजी जगारण स्मारक पार्क निर्माण गर्ने निर्णय भएको मन्त्री अर्यालले जानकारी दिएका छन् ।  
Read More
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरूको उपचार भएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ । मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु र घाइते भएकाको विवरण विभिन्न अस्पतालमा सम्पर्क गरी सार्वजनिक गरेको जनाएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ८, निजामती कर्मचारी अस्पतालमा ६, एभरेष्ट अस्पतालमा ३, काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा २, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक, बयोधा अस्पतालमा २, फ्रन्टलाइन अस्पतालमा ३, बी एन्ड सी अस्पताल विर्तामोडमा एक, विर्तासिटी अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान…
Read More
सर्वोच्चमा आइतबारदेखि नियमित र बन्दीप्रत्यक्षीकरणको सुनुवाइ सुरु हुने

सर्वोच्चमा आइतबारदेखि नियमित र बन्दीप्रत्यक्षीकरणको सुनुवाइ सुरु हुने

काठमाडौं । सर्वोच्च अदालतले आइतबार भदौ २९ गतेदेखि बन्दीप्रत्यक्षीकरणसहित अन्य नियमित सुनुवाइ सुरु गर्ने भएको छ । बिहीबारको आकस्मिक फूलकोर्टले आइतबारदेखि बन्दीप्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ कार्य प्रारम्भ गर्ने निर्णय गरेको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । प्रधानन्यायाधीश राउतले भदौ २३ र २४ गते भएको घटनाका क्रममा मृत्युवरण गर्न पुगेका नेपाली नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै उनले घटनाका क्रममा घाइते भएका सम्पूर्ण नेपाली नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उनले आगजनी र नष्ट हुनबाट जोगिएका जनताको सम्पत्तिको रुपमा रहेका अदालतका मिसिल कागजातहरु र भौतिक स्रोत साधनको संरक्षणमा खट्नु हुने न्यायाधीशहरु, कर्मचारीहरु, कानुन व्यवसायीहरु,…
Read More