काठमाडौँ । सैनिक मुख्यालय जंगीअड्डा बाहिर भेला भएका जेनजी समुह एक आपसमा कुटपिटमा उत्रिएका छन् । जेनजी समुह, नेपाली सेना र राष्ट्रपतिबीच वार्ता भइरहेको समयमा जंगीअड्डा बाहिर भेला भएका जेनजी समुहबीच कुटपिट भएको हो । एक समुहले सुशिला कार्कीलाई अबको अन्तरिम प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेपछि अन्य केहि समुहले त्यसको विरोध गरेका छन् । जेनजीको एक समुहले सुशिला कार्कीलाई अस्वीकार गर्दै कुलमान घिसिङको नाम अगाडी ल्याएको छ भने हर्क साम्पाङ समुहले पनि आफ्नो नेतृत्व दाबि गरिरहेको छ । सैनिक मुख्यालयमा आज वार्ता हुने भएपछि विहानै देखि कैयौं जेनजी समुह भेला भएका छन् ।
काठमाडौँ । बृहत नागरिक आन्दोलनले राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन भइरहेको टिप्पणी गरेको छ । विहिबार विज्ञप्ति जारी गर्दै बृहत नागरिक आन्दोलनले जेनजीको आन्दोलनका शहीदहरूको लाशमाथि टेकेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन भइरहेको बताएको हो । बृहत नागरिक आन्दोलनले जेनजी आन्दोलनको म्यान्डेट र बलिदानीहरूको आवाज न गणतन्त्र र धर्मनिरपेक्षता हटेर पश्चगमन होस् भन्ने थियो न सेनाको असंवैधानिक सक्रियता बढोस् भन्ने भएको बताउदै यो हुँदै गरेको प्रतिक्रान्तिलाई परास्त गर्नु अहिले तत्कालको सबैभन्दा महत्त्वपूर्ण चुनौति भएको बताएको छ । बृहत नागरिक अन्दोलनको विज्ञप्ति: अहिले के स्पष्ट हुँदैछ भने जेनजीको आन्दोलनका शहीदहरूको लाशमाथि टेकेर सेनाको मध्यस्थता…
काठमाडौं । भायानेटले सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा भएको आगजनीले डाटा सेन्टरमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको जानकारी दिएको छ । कम्पनिले ब्याकअप डाटा सेन्टरबाट सेवा सुचारु बह्येको भन्दै धेरै ग्राहक प्रभावित भएको उल्लेख गरेको छ । बुधबार बिहान, सेना र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएपछि सुरक्षित डाटा सेन्टरमा पुनःस्थापना गरेको बताउदै भायानेटले प्राविधिक टोलीको असाधारण प्रयासका कारण अहिले अधिकांश ग्राहकको इन्टरनेट सेवा सुचारु भइसकेको छ, र आजै साँझसम्म पूर्ण क्षमतामा सेवा सञ्चालन गर्ने जानकारी दिएको छ । साथै भायाटिभी सेवा पनि चाँडै सुचारु हुने बताउदै यो असाधारण घटनाले नेटवर्कलाई अझ मजबुत बनाउन थप प्रेरणा दिएको उल्लेख गरेको छ ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेसम्म गरेका गल्तीका लागि माफी माग्दै सुध्रिने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार भिडिओ सन्देशमा थापाले स्थितिलाई सम्हाल्नुपर्ने भन्दै आफुले गरेका प्रयासमा सफल हुन नसकेको भन्दै माफी मागेका हुन् । उनले जेनजी युवाहरुलाई संविधानको निरन्तरताका बारेमा ख्याल राख्न आग्रह गर्दै संबिधान भन्दा बाहिर गएर समाधान नखोज्न आग्रह गरेका हुन् । उनले भनेका छन्- ‘यो संविधानलाई कायमै राखेर यसभित्र संशोधन र परिमार्जन गरौं, तपाईंहरूले भनेअनुसार गरौं। तपाईंहरूले चलाउने हामी पार्टी सुधार गर्न लाग्छौं, नेतृत्व परिवर्तन गर्न लाग्छौं । तर संविधानभन्दा बाहिर गएर समाधान खोज्न थालियो भने अहिले एकछिन त होला केही समयपछि सम्हाल्न नसक्ने हुन्छ…
काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगीअड्डा बाहिर युवाहरु भेला हुने क्रम बढेपछि सेनाले उनीहरुलाई सुरक्षित स्थानमा जान निर्देशन गरेको छ । जंगीअड्डा बाहिर भेला भएर युवाहरुले नाराबाजी गर्न थालेपछि सेनाले माइकिङ गर्दै तुरुन्त सुरक्षित स्थानमा जान निर्देशन दिएको हो । जंगीअड्डा बाहिर विभिन्न जेनजी समुह र हर्क साम्पाङका समर्थन भेला भएका थिए । त्यस्तै ठुलो संख्यामा मिडियासमेत भेला भएपछि सेनाले उनीहरुलाई हटाउन शुरु गरेको छ । भेला भएका युवाहरुले आफुहरुले जेनजी समुह भएको भन्दै वार्ता गर्न जाने भनेपछि युवाहरुको अर्को समुहले विरोध गरेको छ । त्यस्तै हर्क साम्पाङ समुहका युवाहरुले भने जेनजी समुहले प्रस्ताव गरेको सुशिला कार्कीको विरोध गरेका छन् ।