काठमाडौं । जेनजी समुहमा विवादमा देखिएपछि नेतृत्व छनौटको अन्योलमा परेको छ । सैनिक मुख्यालयमा जेनजी प्रतिनिधिहरुए सुशिला कार्कीको नाम नयाँ प्रधानमन्त्रीको रुपमा देखिएपछि युवाहरु विरोधमा उत्रिएका हुन् । असन्तुष्ट युवाहरुले जंगीअड्डा अगाडी नाराबाजी गर्दै असन्तुष्टि व्यक्त गरेका छन् । कतिपयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेतृत्व गर्नुपर्ने बताएका छन् । तर जेनजीका प्रतिनिधिहरुले बालेन सम्पर्कमा नआएको बताएका छन् ।
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले देशको अवस्था सामान्य बनाउन आग्रह गरेको छ । आयोगले देशको विकसित घटनाक्रमको अनुगमन गरिरहेको बताउदै स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आग्रह गरेको छ । आयोगले देश विषम अवस्थामा रहेको वर्तमान सन्दर्भमा सबै पक्ष संयमित हुनु पर्ने उल्लेख गर्दै सम्बद्ध सबै पक्षले देश र जनताप्रतिको जिम्मेवारी मनन गर्दै वर्तमान अन्यौलताको अवस्थाबाट अगाडि बढ्नु आवश्यक रहेको बताएको छ । त्यस्तै आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्दछ भन्दै जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्ने बताएको छ । आयोगले भनेको छ- काठमाडौँलगायत देशका विभिन्न…
काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा खतरामुक्त रहेका छन् । स्वकीय सचिव भानु देउवाका अनुसार देउवादम्पत्तिको काठमाडौँस्थित अस्पतालमा उपचार भइरहेको छ । देउवादम्पत्तिलाई बुढानिलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । उपचारमा संलग्न चिकित्सकका अनुसार दुबैको टाउकोको पछाडिको भागमा धारिलो हतियार प्रहार भएको छ । दुवैको एमआरआईसहित सबै किसिमको स्वास्थ्य परीक्षण गरिएको र दुवै खतरामुक्य रहेको बताइएको छ । आन्दोलनकारीले देउवा दम्पतिलाई हेलिकोप्टरबाट अस्पताल लैजाने प्रयासमा अवरोध गरेपछि सेनाले मंगलबार साँझ मात्र काठमाडौंस्थित एक अस्पतालमा पुर्याएको थियो । सुरक्षाका कारण अस्पतालको नखोलिएको बताएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसले कानुनी शासन र लोकतन्त्रको विकल्प नभएको स्पष्ट गरेको छ । कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले एक विज्ञप्ति जारी गर्दै कानुनी शासन र लोकतन्त्रको विकल्प नभएको भन्दै देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक बिरोधको मर्म र मान्यताबाट बाहिर गएको उल्लेख गरेका छन् । उनले नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दो शक्ति हो भन्ने कुनै दुबिधा नभको उल्लेख गर्दै लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध दलहरुसँग तत्काल संवाद गर्न आवश्यक रहेको बताएका छन् । उनले भनेका छन्- हालै नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद घटना भएकोप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ ।…
काठमाडौँ । काठमाडौँको केन्द्रीय कारागार सुन्धाराबाट टोप बहादुर रायमाझी भागेका छन । कारागार स्रोतका अनुसार सुन्धारा कारागारबाट रायमाझीसहित सयौं कैदी भागेका छन् । गएरातीदेखि नै कैदीहरुले तोडफोड शुरु गरेपछि प्रहरीले नियन्त्रणमा लिने अवस्था नबनेपछि कैदीहरु भागेका थिए । यसैक्रममा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका रायमाझी पनि भागेको बताइएको छ । अहिले रायमाझी कहाँ छन् भन्ने स्पष्ट रहेको छैन । हाल कारागारलाई सेनाले नियन्त्रणमा लिएको छ । केन्द्रीय कारागार बाहेक देशका कैयौं कारागारबाट हजारौं कैदी भागेका छन् र यो क्रम रोकिएको छैन । यसअघि मंगलबार सहकारी ठगी प्रकरणमा ललितपुरको नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेदेखि नख्खु कारागारमै जनकपुर बम…