काठमाडौँ । देशका विभिन्न कारागारबाट कैदीहरु भाग्नेक्रम जारी रहेको छ । सहकारी ठगी प्रकरणमा ललितपुरको नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेदेखि नख्खु कारागारमै जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका पूर्व राज्यमन्त्री टकलासमेत जेलबाट निस्केका छन् । काठमाडौँ उपत्यकामा कारागारबाट भागेका कैदीले गएराती विभिन्न स्थानमा लुटपाटमा संलग्न भएको पाइएको छ । विभिन्न जिल्लामा कारागारबाट भागेका कैदी जिल्ला अदालत गएर आगजानी गरेको समेत पाइएको छ । अहिलेसम्म ललितपुरको नक्खु कारागारबाट १२ सय, काठमाडौँको डिल्लीबजार कारागारबाट ११ सय, सुनसरीको झुम्का कारागारबाट १५७५, कास्कीको कारागारबाट ७७३, कैलाली कारागारबाट ६१२, महोत्तरीको जलेश्वर कारागारबाट ५७६, चितवनबाट ७ सय, कन्चनपुर कारागारबाट ४५०,…
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंसहित देशका विभिन्न स्थानमा केही विद्युत् संरचनाहरूमा क्षति पुगेकाले केही फिडरहरू सटडाउनको अवस्थामा राखिएको जनाएको छ । वर्तमान कठिन अवस्थाको कारण क्षतिग्रस्त संरचनाको आवश्यक मर्मत कार्य गर्न कठिनाइ भइरहेको समेत प्राधिकरणले जनाएको छ । प्राधिकरणले भनेको छ- 'यस्तो अवस्थामा विद्युत संरचनाको मर्मत कार्यमा खटिने अत्यावश्यक सवारी साधनहरूको आवागमनमा तथा कार्यालय संचालनमा सहजीकरण गर्न सहयोग पुऱ्याई विद्युत सेवा छिटो सुचारु गर्न आवश्यक सहयोगको लागि सम्बद्ध सबै पक्षसँग हार्दिक अनुरोध गर्दछौं ।' प्राधिकरणले विद्युत् आपूर्ति अनियमित भएमा २४सै घण्टा सञ्चालनमा रहने हटलाइन १९५० मा वा नजिकको नोलाइट सेवामा जानकारी गराउन आग्रह समेत गरेको छ ।
काठमाडौँ । नेपाली सेनाले महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जना पक्राउ परेको जानकारी दिएको छ । नेपाली सेनाले डिल्लीबजार नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौजलाई देखेपश्चात छोडेर भागेको नेपाली २ लाख ३२ हजार पाँचसय २५ सय डलर बरामद गरिएको जनाएको छ । सुरक्षाकर्मीबाट लुटिएका थप हतियार १ नाल सहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको सेनाले जानकारी दिएको छ । त्यस्तै नेपाली सेनाले डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीवन्दीहरु मध्ये २६ जनालाई नियन्त्रणमा लिईएको तथा काठमाडौं डिल्ली बजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीवन्दीहरुलाई रोकिएको जनाएको छ ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सुचना प्रकाशित गर्दै देशभर निषेधाज्ञा र कर्फ्यू जारी भएका कारण उपत्यका भित्र विषम परिस्थितिले विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुँवा लगायतले विमानको सुरक्षामा गम्भीर असरपर्न सक्ने भएकाले अर्को सुचना नभएसम्म विमानस्थल बन्द रहने जानकारी गराएको छ ।
वीरगन्ज । वीरगन्ज कारागारको अवस्था तनावग्रस्त बनेको छ । कैदीहरु कारागार भित्र तोडफोड र पर्खाल भत्काएर भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मी झडप भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले कैदीलाई रोक्न कैयौं राउण्ड फायर समेत र अश्रु ग्यास प्रहार गरेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार मंगलबार राति देखिनै कैदीहरुले भाग्ने प्रयास गरेको र बुधबार बिहानदेखि अवस्था तनावग्रस्त बनेको छ । कारागारमा महिला र पुरुष गरी १३ सयभन्दा बढी कैदीबन्दी रहेको बताइएको छ ।