खोज्नुहोस

खसरैवार

खसरैवार

712 Posts
मुख्यसचिव र सचिवहरुको भर्चुअल बैठक बस्दै, अत्यावश्यक सेवा प्रवाह सहज बनाउन छलफल हुने

मुख्यसचिव र सचिवहरुको भर्चुअल बैठक बस्दै, अत्यावश्यक सेवा प्रवाह सहज बनाउन छलफल हुने

काठमाडौँ । सोमबार र मंगलबार भएको जेनजीको आन्दोलनपछि आज नेपाली सेनाले देशको अवस्था आफ्नो हातमा लिएपछि विस्तारै परिस्थिति सहज बन्दैछ । यसैबीच देशको विषम परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहका लागि राज्यका सम्बन्धित संयन्त्रबीच समन्वय र सहजीकरणका लागि मुख्य सचिव एकनारायण अर्यालको नेतृतवमा सबै मन्त्रालयका सचिव सम्मिलित भर्चुअल बैठक बस्न लागेको छ । गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेका अनुसार अत्यावश्यक सेवामा कुनै कमी हुन नदिन र सहज सेवा प्रवाहका लागि भर्चुअल बैठक बस्न लागेको हो । त्यस्तै जेनजीका प्रतिनिधि, नेपाली सेना र राष्ट्रपतिबीच नयाँ राजनीतिक अध्यायको विषयमा छलफलको तयारी भएको बताइएको छ ।
Read More
सुरक्षाकर्मीका लुटिएका हतियार फिर्ता गर्न सेनाको आग्रह, नबुझाए कारवाही गर्ने चेतावनी

सुरक्षाकर्मीका लुटिएका हतियार फिर्ता गर्न सेनाको आग्रह, नबुझाए कारवाही गर्ने चेतावनी

काठमाडौँ । नेपाली सेनाले आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता गर्न आग्रह गरेको छ । सेनाले एक विज्ञप्ति जारी गर्दै जेनजी नेतृत्वको आन्दोलनका क्रम सुरक्षाकर्मीहरुबाट लुटिएका, फेला पारेका हातहतियार, गोलीगट्टा एवम् सुरक्षा सामग्रीहरु नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन अनुरोध गरेको छ । साथै सेनाले संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोशाकहरुको अनाधिकृत प्रयोग नगर्न समेत आग्रह गरेको छ । साथै नेपाली सेनाले हातहतियार र गोलीगट्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ । सेनाको अनुरोध: 'जेनजी' नेतृत्वको आन्दोलनका क्रममा कोही कसैले सुरक्षाकर्मीहरुबाट लुटिएका / फेला पारेका हातहतियार, गोलीगट्टा एवम् सुरक्षा सामग्रीहरु नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र…
Read More
डिल्लीबजार कारागारमा कैदीबाट आगजनी, सेनाको हस्तक्षेप

डिल्लीबजार कारागारमा कैदीबाट आगजनी, सेनाको हस्तक्षेप

काठमाडौँ । काठमाडौँको डिल्लीबजार कारागारमा तनाव भएको छ । कारागारमा रहेका कैदीले आगजनी गरेर बाहिर निस्किएपछि नेपाली सेनाले  हस्तक्षेप गरेको छ । कैदीहरुले देशको विशेष परिस्थितिमा आफुहरु बाहिर आउनुपर्ने भन्दै आगजनी गरेका थिए । अहिले कारागार भित्र आगो लागेको छ भने सेनाले कैदीहरुलाई बाहिर आउन रोकेपछि अवस्था तनावग्रस्त बनेको छ ।
Read More
सर्वोच्चमा अर्को व्यवस्था नभएसम्मका लागि सबै पेसी स्थगित

सर्वोच्चमा अर्को व्यवस्था नभएसम्मका लागि सबै पेसी स्थगित

काठमाडौँ । सर्वोच्च अदालतमा अर्को व्यवस्था नभएसम्मका लागि सबै पेसी स्थगित गरिएको छ । मुख्य रजिस्ट्रार बिमल पौडेलले अर्को सूचना जारी नभएसम्मका लागि आज र भोलीदेखिका पेसीमा रहेका मुद्धाहरुको सुनुवाइ स्थगित भएको जानकारी दिएका हुन् । पौडेलले अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको बताएका छन् । सर्वोच्चमा मंगलबारका सुनवाई पनि स्थगित भएका थिए । जेनजी आन्दोलनका क्रममा मंगलबार सर्वोच्च अदालतमा पनि आगजनी भएको छ र धेरै महत्वपूर्ण मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएका छन् ।
Read More
लुटपाट र आगजनीमा संलग्न २७ जना पक्राउ, हतियार, गोली र नगद बरामद

लुटपाट र आगजनीमा संलग्न २७ जना पक्राउ, हतियार, गोली र नगद बरामद

काठमाडौँ ।  नेपाली सेना काठमाडौँ लगायत देशका विभिन्न स्थानहरुमा लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको जनाएको छ । साथै उनीहरुसँग विभिन्न हतियार नगद र गोलीगठ्ठासमेत सेनाले बरामद गरेको जानकारी दिएको छ । सेनाले भनेको छ-  मिति २०८२ भाद्र २४ गते रातको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्‍चात आज मिति २०८२ भाद्र २५ गतेको विहान १० बजेसम्म काठमाडौँ लगायत देशका विभिन्न स्थानहरुमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ…
Read More