काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकी ६ बजेसम्मका लागि बन्द गरिएको छ । देशभर निषेधाज्ञा र कर्फ्यू जारी भएका कारण विमानस्थल आज बेलुकी ६ बजेसम्मका लागि बन्द गरिएको छ । यसअघि मंगलबार दिनको साढे २ बजेदेखि विमानस्थल बन्द गरिएको थियो । विमानस्थल कार्यालयका अनुसार निजी वायुसेवाका हेलिकप्टर, आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडानहरू स्थगित भएका छन् । यसैबीच आन्तरिक उडान कम्पनी बुद्ध र यति एयरलाइन्सले आजका सबै उडान स्थगित भएको जानकारी दिएको छ । बुद्ध एयरले भनेको छ- 'विषम परिस्थितिका कारण आजका सम्पूर्ण उडानहरु रद्द गरिएको छ । यसबाट यात्रुवर्गमा पर्नजाने असुविधाका लागि हामी क्षमाप्रार्थी छौं ।' त्यस्तै यति एयरलाइन्सले…
नेपालगञ्ज । बाँकेस्थित बाल सुधार गृहमा भएको झडपमा पाँच जनाको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका–१ नौबस्तास्थित बाल सुधार गृहमा गएराती भएको झडपमा पाँच जनाको मृत्यु भएको र दुई जनाको मृत्यु भएको छ । उनीहरुलाई भेरी अस्पताल पुर्याउनुभन्दा पहिला नै मृत्यु भइसकेको प्रहरी स्रोतले जानकारी दिएको छ । घटनापछि बाल सुधारगृहको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।
काठमाडौँ । नेपाली सेनाले आज ५ बजेसम्म देशभर निषेधाज्ञा जारी रहने र त्यसपछि भोलि बिहान ६ बजेसम्म देशभर कर्फ्यु जारी रहने स्पष्ट गरेको छ । निषेधाज्ञा तथा कर्फ्यू सम्बन्धमा नेपाली सेनाले अपिल जारी गर्दै आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्ने सम्भावना रहेको बताएको छ । नेपाली सेनाले आन्दोलन पश्चातको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानको निमित्त सम्बद्ध पक्षहरुबीच समन्वय भइरहेको बताउदै आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय…
काठमाडौँ । नेपाल प्रहरीले भ्रामक समाचार सामाजिक सञ्जालमा नफैलाउन आग्रह गरेको छ । प्रहरीले अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्विरलाई प्रयोग गरी हाल भइरहेको आन्दोलनमा 'बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला' भनी शिर्षक राखेर भ्रामक समाचार सामाजिक सञ्जालमा फैलाइरहेको भन्दै विषम् परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने किसिमका भ्रामक नकारात्मक समाचार सिर्जना गरी स्थितिलाई थप भड्काउने कार्य नगर्न तथा नगराउन हुन प्रहरी अनुरोध गरेको छ । प्रहरीले भनेको छ- अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्विरलाई प्रयोग गरी हाल भइरहेको आन्दोलनमा “बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला” भनी शिर्षक राखेर भ्रामक समाचार सामाजिक सञ्जालमा फैलाइरहेको सम्बन्धमा…
काठमाडौँ । नेपाल स्टक एक्चेन्जले बुधबार र विहिबार घितोपत्र कारोबार नहुने जानकारी दिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले कारोबार बन्द रहने जानकारी दिदै भनेको छ- 'हालको विषम परिस्थिति एवम् कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट समेत कारोबार स्थगन गर्न अनुरोध भई आएकोले सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार मिति २०८२ भदौ २५ र २६ गते दुई दिनको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।' जेनजीको आन्दोलनका कारण यसअघि मंगलबार पनि धितोपत्रको कारोबार बन्द गरिएको थियो ।