काठमाडौँ । देशका विभिन्न कारागारबाट कैदीहरु भाग्नेक्रम जारी रहेको छ । सहकारी ठगी प्रकरणमा ललितपुरको नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेदेखि नख्खु कारागारमै जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका पूर्व राज्यमन्त्री टकलासमेत जेलबाट निस्केका छन् । काठमाडौँ उपत्यकामा कारागारबाट भागेका कैदीले गएराती विभिन्न स्थानमा लुटपाटमा संलग्न भएको पाइएको छ । त्यस्तै ललितपुरको नख्खु कारागार र काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारगारका साथै झापा, सोलखुम्बु, महोत्तरी, कैलाली, बैतडी, दाङ, रुकुम पश्चिम र कास्की जिल्लाका विभिन्न कारगारबाट कैदीबन्दीहरू भागेका छन् । प्राप्त जानकारी अनुसार मकवानपुरको भीमफेदी कारागारबाट समेत साढे २ सयभन्दाबढी कैदीहरु भागेका छन् । कास्कीको कारागारबाट ३७४…
काठमाडौँ । नेपाल प्रहरीले कानुनी शासन स्थापित गर्ने कार्यमा साथ सहयोग गर्न अनुरोध गरेको छ । प्रहरी महानिरीक्षकको सचिवालयले मंगलबार राति विज्ञप्ति जारी गर्दै जेनजीको प्रदर्शनका क्रममा नागरिक र प्रहरीको दुखद निधनले मर्माहत बनाएको उल्लेख गर्दै कानुनी शासन स्थापित गर्ने कार्यमा साथ सहयोग गर्न अनुरोध गरेको हो । प्रहरीले घाइतेहरूको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण एवं कुनै पनि अपराधिक समूहबाट हुने क्षतिलाई रोक्न समेत आग्रह गरको छ । प्रहरीले भनेको छ- ‘प्रदर्शनका क्रममा भएको जनधनको क्षति अत्यन्तै अपूरणीय एवं दुखद छ, त्यसबाट उत्पन्न परिणामस्वरूप परिस्थितिलाई बिग्रन नदिन र नागरिक र प्रहरीका साझेदारीपूर्ण, शान्तिपूर्ण, सहकार्यका माध्यमले आन्दोलनका क्रममा भएका घाइतेहरूको उद्धार, उपचार,…
काठमाडौँ । नेपाली सेना सडकमा आएसँगै स्थिति नियन्त्रणमा लिने प्रयास शुरु गरेको छ । सेनाले लुटपाट, तोफोड र आगजनीमा संलग्न २१ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाले नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि पक्राउ गरेको छ । सेनाले अनावश्यक रुपमा बाहिर ननिस्किन आग्रह गरेको छ ।
काठमाडौँ । बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज अपराहन्नसम्म बन्द हुने भएको छ । मंगलबार दिनको साँढे २ बजेदेखि बन्द गरिएको विमानस्थल दिउसो १२ बजेसम्म बन्द हुने र त्यसपछि खुलाउने तयारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले गरेको हो । कार्यालयले विमानस्थल वरपर धुँवा देखिएपछि जहाजको सुरक्षमा असर पर्ने देखिएपछि दिउसो साढे २ बजेदेखि बन्द गरेको थियो । त्यस्तै आन्तरिक विमान कम्पनि अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने उल्लेख गरेको छ । बुद्ध एयरले मंगलबारका सब्वाई उडान रद्ध गरेको थियो । आर्टको तर्फ वायुसेवा सञ्चालक सङ्घले जस्तोसुकै विषम परिस्थितिमा पनि आम जनतालाई…