काठमाडौँ । नेपाली सेनाले जेनजी आन्दोलनका विकसित घटनाक्रमहरु बारे विश्लेषण गरिरहेको बताउदै सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको छ । नेपाली सेनाले नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको जनाएको छ । सेनाको विज्ञप्ति: नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रही आएको छ । नेपालमा हाल भइरहेको "जेनजी" आन्दोलनका विकसित घटनाक्रमहरु बारे नेपाली सेनाले विश्लेषण गरिरहेको छ ।…
राष्ट्रपति रामचन्द्र पाैडेलले विषम परिस्थितिकाे शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयाेग गर्न आग्रह गर्नुभएकाे छ । राष्ट्रपति पाैडेलले प्रधानमन्त्री केपी शर्मा ओलीकाे राजीनामा स्वीकृती भईसकेकाले अहिलेकाे विषम परिस्थितिबाट मूलुक, जनता र लाेकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयाेग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभएकाे छ । राष्ट्रपति पाैडेलले लाेकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवाद मार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपिल गर्नुभएकाे छ ।
काठमाडौँ । सर्वोच्च अदालतमा आगजनी भएको छ । जेनजी आन्दोलनकारीले सिंहदरबारस्थित सर्वोच्च अदालत र महान्यायाधिवक्ताको कार्यालयमा आगजनी गरेका हुन् । जेनजी आन्दोलनको दोस्रो दिन आज सार्बजनिक भवन र शिर्ष नेताहरुका निवास तोडफोड र आगजनीको क्रममा संसद भवनमा आगजनी र तोडफोड हुनेक्रम जारी रहेको छ । यसअघि आन्दोलनकारीले राष्ट्रपति निवासरहेको शित्तल निवास, सिंहदरबार र संसद भवनमा पनि आगलागी गरेका थिए । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ । ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा…
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले जेनजीलाई घर फर्किन आग्रह गरेका छन् । बालेलेले अब जति क्षती हुन्छ, त्यो तपाईं हाम्रो नै हुने हो भन्दै जेनजीलाई घर फर्किन आग्रह गरेका हुन् । उनले भनेका छन्- 'Please gen Z, देश तपाइँहरुकै हातमा हो, तपाईंहरुले नै बनाउने हो । अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फ़र्कनुहोस ।
काठमाडौँ । जेनजी आन्दोलनकारीले राष्ट्रपति निवास शित्तल निवासमा आगजनी गरेका छन् । महाराजगंजस्थित शितल निवासमा ठुलो संख्यामा पुगेका आन्दोलनकारीले आगलागी गरेका हुन् । यसअघि आन्दोलनकारीले सिंहदरबार र संसद भवनमा पनि आगलागी गरेका थिए । जेनजी आन्दोलनको दोस्रो दिन आज सार्बजनिक भवन र शिर्ष नेताहरुका निवास तोडफोड र आगजनीको क्रममा संसद भवनमा आगजनी र तोडफोड हुनेक्रम जारी रहेको छ । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ । ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार…