काठमाडौँ । जेनजी आन्दोलनकारीले सिंहदरबारमा आगजनी गरेका छन् । सिंहदरबारभित्र रहेका प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न मन्त्रालयमा आगजनी गरेका हुन् । हजारौंको संख्यामा सिंहदरबार पुगेका आन्दोलनकारीले मन्त्रालयसहितका महत्वपूर्ण कार्यालयहरुमा आगलागी गरेका हुन् । यसअघि आन्दोलनकारीले आजै संसद भवनमा पनि आगलागी गरेका थिए । जेनजी आन्दोलनको दोस्रो दिन आज सार्बजनिक भवन र शिर्ष नेताहरुका निवास तोडफोड र आगजनीको क्रममा संसद भवनमा आगजनी र तोडफोड हुनेक्रम जारी रहेको छ । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ । ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास…
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश भित्रबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् । पूर्वराजा शाहको संवाद सचिवालय मंगलबार विज्ञप्ति जारी गरेर पछिल्लो पुस्ताको आन्दोलन हिंसात्मक, अराजक कसैको घुसपैठ नहोस् भन्दै ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्त दुखद एवं निन्दनीय कार्य भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ- जेनजीले देश र समाजका निम्ति केही राम्रो काम गरौं भन्ने उद्देश्य राखेर अगाडी बढेका होनहार किशोर किशोरी र युवा युवतीहरु यही भाद्र २३ गते काठमाडौं लगायत देशका धेरै जसो प्रमुख शहरहरुमा विरोध प्रर्दशन मार्फत पोखेको आक्रोश निश्चय पनि आम चासोको विषय हो । युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरि ज्यान लिनु…
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवालाई आन्दोलनकारीले नियन्त्रणमा लिएर कुटपिट गरेका छन् । देउवादम्पतिको बुढानिलकण्ठस्थित निवासबाट आन्दोलनकारीले कुटपिट गर्दै निकालेको देखिएको छ । देउवा रगताम्य रहेका छन् भने आरजुलाई पनि लछारपछार गरेको सार्बजनिक भिडियोमा देखिएको छ । अहिलेसम्म उनीहरूलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा अवतरण हुन नसकेको बताइएको छ । उनीहरुको अहिलेको पछिल्लो अवस्था थाहा हुन सकेको छैन ।
काठमाडौं । सुरक्षा निकायका प्रमुख र मुख्यसचिवले प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेकाले संयमित हुन आग्रह गरेका छन् । मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडी, सशस्त्रका आईजीपी राजु अर्याल, नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापाले अपिल जारी गर्दै राजनीतिक संवादको माध्यमबाट समाधान निकाल्न आग्रह गरेका हुन। अपिलमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत समेत भएको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौँ। यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछौँ ।’
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार दिएको राजीनामा स्वीकृत गर्दै संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभए सम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चाल गर्न तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।