काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । मन्त्री पौडेलले जेनजीको आन्दोलनमा १९ जनाको ज्यान गएपछि पदमा बसिरहन नैतिकताले नदिएको भन्दै राजीनामा घोषणा गरेका हुन् । राजीनामा दिदै उनले भनेका छन्- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी गराउन चाहन्छु। हिजो भाद्र २३ गते काठमाडौँ लगायत देशै भरीका सडकमा हामीले जे देख्यौँ त्यो लोकतन्त्रमा उपयुक्त थिएन सडक र सामाजिक सञ्जालमा उर्लिएको जेन जी पुस्ताको आक्रोश भ्रष्टाचार र कुशासनविरुद्धको स्वाभाविक र जायज खबरदारी हो। उनीहरूले केवल प्रश्न सोधेका थिए। हाम्रा छोरा छोरीहरूले आफ्नो भविष्य मागेका थिए, भिडन्त होइन। उनीहरूले राज्य व्यवस्थामा सुधार खोजेका हुन्,…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवासमा आगलागी भएको छ । जेनजी आन्दोलनमा सहभागी युवाहरुले बलकोटस्थित ओलीको निवासमा पुगेर तोडफोड र आगजनी गरेका हुन् । जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरुको निवास तोडफोड र आगजनी गरिएको छ । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा निवासमा आगजनी गरिएको छ । जेनजी आन्दोलनमा सहभागी युवाहरुले रातोपुलस्थित थापाको निवासमा पुगेर तोडफोड र आगजनी गरेका हुन् । जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरुको निवास तोडफोड र आगजनी गरिएको छ । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका पार्टी कार्यालयमा पनि आगजनी गरिएको छ । प्रदर्शनकारीले ललितपुरको सानेपास्थित काँग्रेस पार्टी कार्यालय र ललितपुरको च्यासलस्थित एमालेको पार्टी कार्यालयमा आगजनी गरेका हुन् । जेनजी आन्दोलनको दोस्रो दिन उग्र बनेको छ भने राजनितीक दलका नेताका घरहरु प्रदर्शनकारीको निशानामा परेका छन् । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बदलीय बैठक बोलाएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी रहेको बताउदै उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निस्कर्षको लागि संबद्ध पक्षसँग संवादमा रहेको उल्लेख गरेका छन् । साथै उनले आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरेको जानकारी दिदै उत्पन्न विषम परिस्थितिमा संयम रहन आग्रह गरेका छन् । उनले भनेका छन्- हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी छु । कुनैपनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने…