काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले सांसद पदबाट राजीनामा दिएका छन् । शाहले आजको मितिदेखि तत्काल प्रभावका साथ संसद सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराएका हुन् । उनले अब सडकमा उत्रिएर जेनजी पुस्ता, आफ्ना नागरिक र सत्यका पक्षमा लड्न भन्दै सांसदबाट राजीनामा दिएको बताएका छन् । उनले भनेका छन्: म असिम शाह , प्रतिनिधि सभाको सदस्यको हैसियतमा, आजको मितिदेखि तत्काल प्रभावका साथ संसद सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराउँछु। गत दिनहरूमा भइरहेको जेनजी आन्दोलनलाई सरकारले दमन गर्ने कार्य, शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउनेजस्ता अमानवीय कदम, र नागरिक अधिकारमाथिको ठाडो हस्तक्षेप मेरो विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएको छ।…
काठमाडौँ । जेनजी आन्दोलनमा संलग्न युवाहरुले गृहमन्त्री रमेश लेखकको नैकापस्थित निवास घेराउ गरेका छन् । युवाहरुले घर नजिक नाराबाजी गरिरहेका छन् भने घर अगाडी आगजनी समेत गरेका छन् । अहिले लेखकको घर वरपर ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । सोमबार भएको जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि लेखकले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।
काठामाडौं । जेनजीको प्रदर्शनको दोस्रो दिन आन्दोलन देशभर उग्र बन्दै गएको छ । काठमाडौँ उपत्यकाका तिनै जिल्लामा कर्फ्यू लगाइएको भएपनि त्यसको अवज्ञा गर्दै प्रदर्शनकारीहरुले चोक चोकमा प्रदर्शन शुरु गरेका छन् । काठमाडौँ बाहिर पनि बिभिन्न जिल्लामा युवाहरुको प्रदर्शन जारी रहेको छ भने राजनीति दलका नेता, पार्टी कार्यालय प्रदर्शनकारीको निशानामा परेका छन् । प्रदर्शनकारीको एक समुहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ललितपुरको खुमलटारस्थित निवासमा पुगेर गेट तोडफोड गरेका छन् भने घरभित्र प्रवेश गर्ने तयारी गरेका छन् । त्यस्तै प्रदर्शनकारीले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरको सुनाकोठीस्थित निवासमा आगजानी गरेका छन् । गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी र ढुंगामुढा गरेका छन् । अहिले आगो नियन्त्रणको प्रयास…
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमाथिको दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्ने बताएका छन् । महामन्त्री थापाले अब नेपाली कांग्रेस एकदिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहन सक्दैन भन्दै पार्टीको बैठकबाट सरकारबाट तत्काल फिर्ता हुने निर्णय गराउन लाग्ने बताएका छन् । उनले भनेका छन्- रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ । अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका…