खोज्नुहोस

खसरैवार

खसरैवार

712 Posts
रास्वपाले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

रास्वपाले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । प्रवक्ता मनिष झाका अनुसार पार्टी कार्यवाहक सभापति डिपी अर्यालले पार्टी केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएका हुन् । बैठक दिनको १ बजे पार्टी कार्यालय, बनस्थलीमा बस्ने र पछिल्लो समसामयिक राजनीतिक घटनाक्रममा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।
Read More
सत्तारुढ दलका नेता र विपक्षी दलले मागे प्रधानमन्त्रीको राजीनामा

सत्तारुढ दलका नेता र विपक्षी दलले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ । सोमबार जेनजीको आन्दोलनमा भएको घटनापछि विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले सरकारको राजीनामा मागेका छन् भने सत्तारुढ दल नेपाली कांग्रेसका कैयौं नेताहरुले पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । गएराती बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले इतिहासकै कलंकको रुपमा भएको नरसंहारको जिम्मा सरकारले लिनुपर्ने भन्दै प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो । त्यसैगरी रास्वपाले सोमबारको घटनापछि वर्तमान सरकारको औचित्य पुर्णत: समाप्त भइसकेको भन्दै प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ । साथै रास्वपाले घटनाको निश्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग…
Read More
काठमाडौँ महानगरको चक्रपथ क्षेत्र भित्र कर्फ्यु आदेश जारी

काठमाडौँ महानगरको चक्रपथ क्षेत्र भित्र कर्फ्यु आदेश जारी

काठमाडौँ । काठमाडौँमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरको चक्रपथ क्षेत्र भित्र कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले कर्फ्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वहान स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुवाट सहजीकरण हुने बताएको छ ।  
Read More
प्रधानमन्त्रीको वक्तव्य-स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भयो

प्रधानमन्त्रीको वक्तव्य-स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भयो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलन बारे वक्तव्य निकालेर नागरिकहरुले ज्यान गुमाउनु परेकोमा दुख व्यक्त गरेका छन् । सोमबार भएको जेनजी आन्दोलनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भएको बताएका छन् । उनले जेनजी पुस्ताले राखेको मागप्रति सरकार नकारात्मक नभएको बताउदै प्रदर्शनमा भएको घुसपैठले हाम्रा संवैधानिक संस्थाहरुका कार्यालयहरुमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याउने घटनाहरु भए र ती संस्थाका संरचनाहरु जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भएको बताएका छन् । उनले भनेका छन्- आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु, जेन–जी पुस्ताले आज आह्‌वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले मलाई…
Read More
सुचारु भए सामाजिक सञ्जाल

सुचारु भए सामाजिक सञ्जाल

काठमाडौँ । बन्द गरिएका सामाजिक सञ्जाल खोलिएको छ ।  सरकारले औपचारिक निर्णयको जानकारी नदिए पनि इन्टरनेट प्रदायक कम्पनीहरुले बन्द गरेका सामाजिक सञ्जाल सुचारु गरेका हुन् । सरकारको कम्पनी नेपाल टेलिकमले पनि बन्द गरिएका सामाजिक सञ्जाल सुचारु गरेको छ भने देशको सबैभन्दा ठुलो इन्टरनेट प्रदायक कम्पनी वर्डलिंकबाट पनि बन्द गरिएका सामाजिक सञ्जाल सुचारु गरिएको छ । सरकारले दर्ता नभएको भन्दै गत विहिबारदेखि २६ सामाजिक सञ्जाल निष्क्रिय पारिदिएको थियो । सोमबार देशभर जेनजीको आन्दोलनमा १९ जनाको मृत्यु भएपछि सरकार ब्याकफुटमा आएर समाजिक सञ्जाल बन्द गर्ने आफ्नो निर्णयबाट पछि हटेको छ ।
Read More