खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts

दुर्गा प्रसाईं नेतृत्वको अभियानले फिर्ता लियो बन्दसहित आम हड्तालको कार्यक्रम

काठमाडौँ । सरकारसँगको सहमतिपछि दुर्गा प्रसाई नेतृत्वक राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आजका लागि घोषणा गरेको बन्द फिर्ता लिएको छ । शनिबार सरकार र अभियानका प्रतिनिधिबीच बालुवाटारमा वार्तापछि अभियानले आइतबार गर्ने भनेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्ताल फिर्ता लिन सहमत भएको सरकार र अभियानबीच भएको सहमतिमा उल्लेख छ । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको र छलफल क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्था समेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको उल्लेख छ । वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको…
Read More
चुम्बनको इतिहास के हो ?

चुम्बनको इतिहास के हो ?

काठमाडौँ । मानिसहरू र बाँदर र ध्रुवीय भालुहरूसहित केही जनावरहरूले चुम्बन गर्छन् । के तपाईंलाई प्रेम व्यक्त गर्ने यो तरिका कति पुरानो हो भन्ने थाहा छ ? अनुसन्धानकर्ताहरूले चुम्बनको उत्पत्ति कहिले र कसरी भयो भनेर पत्ता लगाएका छन् । यो अध्ययनले मुखबाट मुख चुम्बनको उत्पत्ति लगभग २ करोड १० लाख वर्ष पहिले भएको बताउछ । यस अध्ययनका अनुसार, मानिसहरूका साझा पुर्खा र ठूला बाँदरहरूले पनि यसको अभ्यास गर्थे । सोही अध्ययनले निएन्डरथलहरू (गुफावासी) ले पनि चुम्बन गर्थे, र मानिस र निएन्डरथलहरूले एकअर्कालाई चुम्बन गरेको हुन सक्छ । चुम्बन न त बाँच्नको लागि आवश्यक छ न त यसले प्रजननमा प्रत्यक्ष भूमिका…
Read More
प्रहरी हिरासतबाट दुर्गा प्रसाईको अपिल

प्रहरी हिरासतबाट दुर्गा प्रसाईको अपिल

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रहरी हिरासतबाट अपिल गरेका छ । सामाजिक सञ्जालबाट सचिवालयको सहयोगमा अपिल जारी गर्दै बिभिन्न दल, राष्ट्रबादी व्यक्तित्व, आम देशभक्त नागरिक समाज सबै एक भएर देश जोगाउने अभियानमा सरिक भइ अघि बढ्न र आ आफनो क्षेत्रबाट लागिपर्न आग्रह गरेका छन् ।  उनले भनेका छन्: सबै सबैमा नमस्कार ! हाम्रो देश नेपाल राजा महेन्द्र राजा बिरेन्द्र र मदन भण्डारी जस्ता राष्ट्रवादी व्यक्तिको हत्या गराइ यहाँबाट सदियौ देखिको बैदिक सनातन हिन्दु धर्म हटाउन देशको प्रशासनिक र न्यायिक शिर सिहदरवार , सर्वोच्च अदालत प्रहरी कार्यालय,गाविस नगरपालिका सम्म धवस्त पार्ने विदेशी योजना नेपालमा २००४ सालदेखि सुरु भएको थियो ।…
Read More
सात बर्ष यता रारा भ्रमणमा आए ९४ हजार पर्यटक

सात बर्ष यता रारा भ्रमणमा आए ९४ हजार पर्यटक

मुगु—कर्णाली प्रदेशकै उत्कृष्ट रमणीय पर्यटकिय गन्तव्य मुगुको रारा ताल भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटक संख्या उल्लेखनिय रुपमा वृद्धि भएको हो । रारा राष्ट्रिय निकुञ्ज कार्यालयको बिगत ७ वर्ष यताको तथ्याङ्क बमोजिम रारा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या ९४ हजार २ सय ४८ रहेको छ ।गत आर्थिक वर्ष २०८१÷०८२ मा सबैभन्दा बढी पर्यटकले रारा भ्रमण गरेका छन । आर्थिक वर्ष २०७५÷०७६ देखि २०८२÷०८३ को असोज समान्त सम्म रारा भ्रमण गर्ने पर्यटकको संख्या ९४ हजार २ सय ४८ जना रहेका छन ।यो तथ्याङ्ग ६ बर्षको हो । जस अन्त्रर्गत आर्थिक बर्ष २०८१÷०८२ मा १९ हजार ४ सय ४७ जना…
Read More
राष्ट्रपति पौडेलबाट नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलबाट नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश , २०८२ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश जारी  गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको  थियो ।  
Read More