खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts

टिकटकले प्रयोगकर्ताका लागि ल्यायो टाइम र वेल-बीइंग फिचर

काठमाडौँ । टिकटकले आज आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ Time and Well-being स्पेस सुरु गरेको घोषणा गरेको छ । यो नयाँ अपडेटले प्रयोगकर्ताहरूलाई सचेत र स्वस्थ डिजिटल बानी बनाउन सहयोग गर्ने धेरै नयाँ सुविधाहरू ल्याएको छ। यस पहलले प्रयोगकर्तालाई सकारात्मक र सन्तुलित अनलाइन अनुभव दिने टिकटकको प्रतिबद्धता झनै स्पष्ट बनाएको छ । सुरक्षा र कम्युनिटी गाइडलाइन्सलाई प्राथमिकता दिँदै आएको टिकटकले पछिल्लो समय उन्नत Family Pairing फिचर र किशोर–किशोरीको प्रयोग अस्थायी रूपमा रोक्ने क्षमता भएको Time Away फिचर जस्ता धेरै उपयोगी सुविधाहरू थप्दै आएको छ। यस वर्ष, टिकटकले राति आराम गर्न मद्दत होस् भनेर किशोर–किशोरीका लागि Meditation Feature पनि सुरु गर्‍यो। अब यी सुविधाहरूको थप विस्तार गर्दै, टिकटकले…
Read More
फागुन २१ को निर्वाचनमा सेना परिचालनको सिफारिस गर्ने राष्ट्रिय सुरक्षा परिषदको निर्णय

फागुन २१ को निर्वाचनमा सेना परिचालनको सिफारिस गर्ने राष्ट्रिय सुरक्षा परिषदको निर्णय

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषदको बैठक सम्पन्न भएको छ । विहिबार सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा प्रधानमन्त्री एवम् राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले फागुन २१ गते हुने आम निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौतीहरु तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौतीहरु र अपनाउनु पर्ने भावी रणनीतिहरुको सम्बन्धमा छलफल भएको रक्षा मन्त्रालयका सचिव सुमनराज अर्यालले जानकारी दिएका छन् । त्यस्तै बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौं वार्षिक प्रतिवेदनको मस्यौदामाथि समेत छलफल भई उक्त मस्यौदालाई आवश्यक संशोधन…
Read More
आज विश्व टेलिभिजन दिवस मनाइदै

आज विश्व टेलिभिजन दिवस मनाइदै

काठमाडौँ । विश्व टेलिभिजन दिवस आज विश्वभर मनाइदैछ । डिसेम्बर १७, १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष नोभेम्बर २१ का दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो । विश्व जगतमा रेडियोको माध्यमबाट सूचना प्रवाह भइरहेको समयमा फरक रुपमा प्रस्तुत हुँदै श्रव्य र दृश्यको माध्यमबाट स्थापित भएको प्रविधि मानिन्छ टेलिभिजन । सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ । श्रव्यसँग सँगै दृश्यको माध्यमबाट यथार्थ रुपमा प्रस्तुत गर्न टेलिभिजन सफल भएसँगै छोटो समयमा ख्याती कमाउन सफल भएको मानिन्छ । टेलिभिजनको इतिहासमा सन्…
Read More
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुदैछ । यो खेल टियु क्रिकेट मैदानमा दिउसो ४ बजेदेखि शुरु हुदैछ । जारी एनपीएलमा आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्स आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो भने सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा अभेन्जर्समा सागर ढकाल, आकाश चन्द जस्ता राष्ट्रिय टिमका खेलाडी रहेका छन् भने डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता विदेशी खेलाडी रहेका छन् । त्यसैगरी दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख,…
Read More
नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ६८ करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ६८ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा सामान्य गिरावट आएको छ । विहिबार नेप्से ०.९३ अंकले घटेर २५६०.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ३२८ कम्पनिका एक करोड ४ लाख ४९ हजार २९६  कित्ता शेयर ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ मा कारोबार भएको थियो । आज होटल्स, हाइड्रो, उत्पादन, माइक्रो फाइनान्स  अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज धवलागिरी लघुवित्त, बन्दीपुर केबलकार र झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज  बुंगल हाइड्रोको शेयर ९.०५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी साहास उर्जाको ४१ करोड ८० लाखको कारोबार भएको छ…
Read More