खोज्नुहोस

खसरैवार

खसरैवार

712 Posts
स्याउ बिमाको भुक्तानी माग्दै सडकमा  जुम्ली किसान

स्याउ बिमाको भुक्तानी माग्दै सडकमा जुम्ली किसान

स्याउ बिमाको रकम भुक्तानीको माग गर्दै जुम्लाका किसानहरु सडकमा उत्रिएका छन् । उनीहरुले तत्काल स्याउ बिमा बापतको रकम पाउनुपर्ने र यो बर्षको स्याउको समेत बिमा गर्न माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष सकिन लाग्दासमेत बिमा गरे बापतको रकम भुक्तानी हुन नसकेकोमा आक्राेशित वनेका हुन् । स्याउमा खडेरी र असिनाले क्षति पुर्‍याएरमा क्षतिपूर्ति पाउने गरी शिखर इन्साेरेन्समा किसानले स्याउ बिमा गरेका थिए ।  किसानले सदरमुकाम खलंगाको बालमन्दिर नजिकैबाट जिल्ला प्रशासन कार्यालयसम्म नाराबाजी गर्दै जुलुस निकालेका छन् ।  किसानलाई बिमा बापतको रकम इन्साेरेन्स कम्पनीले  दिन आलटाल गरि दुख मात्रै दिएकाे स्याउ बिमा पहल समिति संयोजक खड्कबहादुर सेजुवालले…
Read More
जुम्लामा ट्राफिकको प्रशंसनीय सक्रियता

जुम्लामा ट्राफिकको प्रशंसनीय सक्रियता

जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रुमख टोप बहादुर महताराले जुम्ला पुगेर जिम्मेवारी सम्हालेको धेरै भएको छैन। समयको हिसाबले थोरै हो । जिल्ला ट्राफिक जुम्लामा प्रहरि सहायक निरिक्षक टोप बहादुर महतारा पुगेको १ महिना पनि पुगेको छैन। तर समय थोरै भएपनि काम धेरै भएको छ। जिल्लामा पुग्नासाथ ट्राफिकको सक्रियता ह्वात्तै बढेको छ। खासगरी ट्राफिक प्रमुुख महतारा जुम्लामा ट्राफिक व्यवस्थापनमा केही नयाँ र रचनात्मक ढंगले कार्ययोजनाका साथ काम गर्न खोजिरहेका छन्। उनी जिल्लामा पुग्नासाथ सरोकारवाला सँग समन्वय गरि ट्राफिक व्यवस्थापन, चेकजाँच र सचेतनाका कामलाई एकाएक तीव्रता दिएका छन्। दुर्घटना न्युनिकरण देखि ट्राफिक व्यवस्थापनमा जोड दिइएको उनले बताए । जिल्लाका आठै पालिकामा दुर्घटना घटाउन…
Read More
रजिष्ट्रार महतको कार्यकाल विवादै विवादमा सकियो

रजिष्ट्रार महतको कार्यकाल विवादै विवादमा सकियो

    जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको कार्यकाल विवादै विवादमा सकिएको छ । रजिष्ट्रार महतले पदावधि सकिदै गर्दा प्रक्रिया विपरीत कर्मचारी नियुक्त गर्न लागेको भन्दै कर्मचारी र रजिष्ट्रार महत बिच विवाद चर्किएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतको कार्याकाल सुविधा लिएको मितिअनुसार आजबाटै सकिएको छ । प्रतिष्ठानमा चार वर्षका लागि २०७८ असार ३ गतेको सरकारी निर्णयबाट नियुक्ति लिएका रजिष्ट्रारको आजै चार वर्ष पूरा भएर सकिएको हो । महतलाई प्रतिष्ठानका सहकुलपति समेत रहेका तत्कालीन स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले नियुक्त गरेका थिए । महतले २०७८ सालको २ गते देखि नै प्रतिष्ठानबाट रजिष्ट्रारको तलबलगायतका सेवा सुविधा लिएका देखिन्छ…
Read More

रजिष्टार नृपेन्द्र महत बिरुद्ध पत्रकार सम्मेलन : प्रतिष्ठानलाई धरासायी गर्न भर्ति केन्द्र देखि दरबन्दि कितावमा नभएका पदहरुको विज्ञापन गरेको आरोप

जुम्ला : कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका कर्मचारीले पत्रकार सम्मेलन गरेका छन । उनीहरुले प्रतिष्ठानका रजिष्टार नृपेन्द्र बहादुर महत बिरुद्ध पत्रकार सम्मेलन गरेका हुन । उनीहरुले एक दशक भन्दा बढी समय सम्मा स्थास्थ्य शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा अनुकरणीय कार्य गर्दै आएको संस्थालाई प्रष्ठिानका रजिष्टाले नै धरासायी बनाउने खालका षड्यन्त्र गरेको बताएका छन ।त्यहाका सम्पूर्ण कर्मचारीहरुले पत्रकार भेटघाट मार्फत यहि मिति २०८२ /०२/२३ गते प्रतिष्ठानको वेवसाईटमा प्रकाशन भएको विज्ञापनमा ध्यानाकर्षण भएको बताएका छन । उक्त बिज्ञापन रजिष्ट्रारको पदावधि सकिन केही दिन मात्र बाँकी रहदै गर्दा आफ्ना आसेपासेहरुलाई भर्ति गर्ने उद्देश्यका साथ विज्ञापन प्रकाशन गरिनु खेदजनक भएको उनीहरुको…
Read More

तिला ८ लाई जुम्लाको १६ औँ बालबिवाह मुक्त वडा घोषणा

          जुम्ला । जुम्लाको तिला गाउँपालिका– ८ बालविवाह मुक्त वडा घोषणा भएको छ । सरोकारवाला,निकाय, महिला बालबालिकाको उपस्थितिमा एक कार्यक्रमका बीच बिहीबार वडालाई बालविवाह मुक्त घोषणा गरिएको वडा सचिव खड्ग रावतले जानकारी दिनुभयो । स्थानीय सरकारले २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने भन्दै उक्त वडालाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । वडाध्यक्ष आसे बस्नेत अनुसार उमेर नपुगीहुने विवाहलाई बन्देज गर्ने निर्णय गरिनु सकारात्मक भएको भन्दै कार्यान्वयन पक्षलाई बलियो बनाउने छौँ । सानो उमेरमा गरिने विवाहले प्रजनन स्वास्थ्यमा असर परेको भन्दै यस्ता कार्यक्रम वडा पालिकाले प्राथमिकता दिएर काम गरेको बताउनुभयो ।तिला गाउँपालिका महिला तथा…
Read More