खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts
उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भयो छठ पर्व

उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भयो छठ पर्व

काठमाडौँ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोर, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशका विभिन्न ठाउमा जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको हो । छठ पर्व विभिन्न पोखरी, तलाउ तथा प्रसिद्ध नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो…
Read More
राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजा आराधाना

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजा आराधाना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल छठी माताको पूजा आराधाना एवं अर्घ दिएका छन् । राष्ट्रपति पौडेलका साथै प्रथम महिला सविता पौडेलले गुहेश्वरी मन्दिरअघि बागमती किनारामा निर्माण गरिएको छठघाट पुगेर अस्ताउँदो सूर्यलाई अर्घदान गरेका हुन् । काठमाडौं उपत्यकाका कमलपोखरी, गुहेश्वरी गौरीघाटलगायत स्थानमा छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठीमाताको पूजाअर्चना भइरहेको छ । विधिवत रुपमा चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन अर्थात् मुख्य दिन आज साँझ तराई–मधेशको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व मनाइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ विधिवत रुपमा सम्पन्न हुन्छ ।
Read More
साइबेरियाको बरफमा भेटियो विश्वको सबैभन्दा लामो ऊनी गैंडाको अवशेष

साइबेरियाको बरफमा भेटियो विश्वको सबैभन्दा लामो ऊनी गैंडाको अवशेष

काठमाडौँ । रूसको उत्तरपूर्वी क्षेत्र याकुतियाको पग्लिएको हिउँमा फेला परेको ऊनी गैंडा (ऊनी गैंडा) को अवशेषले वैज्ञानिकहरूलाई चकित पारेको छ । स्थानीय शिकारी रोमन रोमानोभले खोला किनारमा हिउँबाट खप्पर र विशाल, घुमाउरो सिङ निस्किरहेको देखिएको रिपोर्टमा उल्लेख छ । अवशेषहरू पछि याकुत्स्कको पी.ए. लाजारेभ म्यामोथ संग्रहालयमा लगिएको छ । विज्ञहरूले ऊनी गैंडा लगभग १९ हजार ७०० वर्ष पुरानो थियो र यसको सिङ सबैभन्दा लामो ज्ञात थियो । यो खोज रूसी विज्ञान प्रतिष्ठानद्वारा गरिएको र जर्नल अफ जुलोजीमा प्रकाशित एक अध्ययनमा पुष्टि भएको थियो । संग्रहालयका अनुसन्धानकर्ताहरूले ५ फिट ५ इन्च (१.६५ मिटर) लामो सिङ नापे, जसले गर्दा यो कुनै पनि…
Read More
छठले विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसंगतिलाई अन्त्य गर्न सहयोग पुगोस्- राष्ट्रपति पौडेल

छठले विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसंगतिलाई अन्त्य गर्न सहयोग पुगोस्- राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुगोस् भन्ने कामना गरेका छन् । छठ पर्व, २०८२ को शुभकामना दिँदै उनले तराईमा मनाइने छठ पर्व हाल पहाडी तथा हिमाली जिल्लाहरूमा समेत मनाउनु खुसीको विषय भएको बताएका हुन् । सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना र व्रत गरी रातभर खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधाम एवम् हर्षोल्लासका साथ यो पर्व मनाउने चलन रहेको पाइन्छ । खास गरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल आएर काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रध्दा एवम् भक्तिपूर्वक मनाउने चलन…
Read More
पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री गौतमले भनिन्- भ्रष्टाचार भएको सुन्न नपरोस्

पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री गौतमले भनिन्- भ्रष्टाचार भएको सुन्न नपरोस्

काठमाडौँ । नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा गौतमले मन्त्रीको कार्यभार सम्हालेकी छन् । पदभार सम्हाल्दै मन्त्री गौतमले मन्त्रालयमा भ्रष्टाचार भएको सुन्न नपरोस भन्दै सेवाग्राहीलाई कुनै किसिमको दुख दिने काम भएको आफुले सुन्न नपरोस भनेकी छन् । उनले भनिन्- 'जेनजी आन्दोलन भ्रष्टाचार बढेको र सुशासन नभएकोले भएको हो । कुनै पनि तहमा कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस । भ्रष्टाचार आर्थिक रुपमा हुन्छ र प्रशासनिक रुपमा हुन्छ । त्यो नहोस् ।' उनले अहिले देशको मुहान सफा रहेको र अहिलेको अवस्थामा यो भन्दा राम्रो व्यक्ति देशले पाउन नसक्ने बताउदै आफुहरुले सकेसम्म राम्रो काम गर्ने बताएकी छन् । मन्त्री गौतमले यस अघि पनि स्वास्थ्य मन्त्रालयमा सचिवको…
Read More