खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts
नव नियुक्त दुई मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

नव नियुक्त दुई मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ । नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपतिको कार्यालय शित्तल निवासमा आयोजित कायर्क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा गौतम र बब्लु गुप्तालाई मन्त्री पदको पद तथा गोपनियताको शपथ गराएका हुन् । गौतमलाई स्वास्थ्य र गुप्तालाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशिला कार्कीसहित सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । यस अघि खगेन्द्र सुनारको नाम मन्त्रीको सुचिमा रहेपनि उनी विरुद्ध विभिन्न अदालतमा मुद्धा रहेकोले उनको नाम फिर्ता लिइएको छ । त्यस्तै सांस्कृतिक अभियन्ताको पहिचान बनाएका गणपतिलाल श्रेष्ठलाई भुमि सुधार…
Read More
आगामी दिनमा हुने प्रदर्शनमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको- राष्ट्रिय मानव अधिकार आयोग

आगामी दिनमा हुने प्रदर्शनमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको- राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न समूहले पुनः प्रदर्शन गर्न लागेको भनी विभिन्न माध्यमबाट आएका जानकारी र सोबाट शान्तिसुरक्षा र मानव अधिकारको उपभोगमा उत्पन्न हुने अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै आयोगले गत भाद्र २३ र २४ को आन्दोलनपश्चात् जेन्जी पुस्ताले उठाएका विभिन्न सवालहरुको समयमै उचित सम्बोधन हुनु आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा हुने प्रदर्शनहरुमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको भएको बताएको छ । त्यस्तै आयोगले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायको संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार अपेक्षित रहेको बताएको छ । आयोगको विज्ञप्ति: नागरिक अधिकारको सम्मान गर, संयमित रहन सबै…
Read More
आज दुई मन्त्रीको मात्र शपथ, खगेन्द्र र गणपतिलालको नाम हट्यो

आज दुई मन्त्रीको मात्र शपथ, खगेन्द्र र गणपतिलालको नाम हट्यो

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज दुई जना मन्त्रीको मात्र नियुक्ति गर्ने भएकी छन् । यसअघि चार जना मन्त्री नियुक्त गर्ने भनिएपनि आज दुई जनाले मात्र मन्त्रीको शपथ लिने भएका हुन् । आज डा. सुधा गौतमले स्वास्थ्य मन्त्रीको र बब्लु गुप्ताले खेलकुद मन्त्रीको शपथ लिने भएका हुन् । यस अघि खगेन्द्र सुनारको नाम मन्त्रीको सुचिमा रहेपनि उनी विरुद्ध विभिन्न अदालतमा मुद्धा रहेकोले उनको नाम फिर्ता लिइएको छ । त्यस्तै सांस्कृतिक अभियन्ताको पहिचान बनाएका गणपतिलाल श्रेष्ठलाई भुमि सुधार मन्त्रालयको जिम्मेवारी दिन खोजिएपछि उनले पनि आज शपथ नलिने बताइएको छ । हाल सरकारमा प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य…
Read More
फेसबुकसँगको सहकार्यमा रिलायन्स इन्डस्ट्रिजले भारतमा खोल्यो एआई कम्पनि

फेसबुकसँगको सहकार्यमा रिलायन्स इन्डस्ट्रिजले भारतमा खोल्यो एआई कम्पनि

काठमाडौँ । भारतको रिलायन्स इन्डस्ट्रिजले फेसबुकसँगको सहकार्यमा नयाँ एआई कम्पनी बनाएको छ । दुई कम्पनीहरूले यो संयुक्त उद्यमको नाम रिलायन्स इन्टरप्राइज इन्टेलिजेन्स लिमिटेड (आइइआइएल) राखेका छन् । रिलायन्स इन्डस्ट्रिजले शनिबार नियामक फाइलिङमा नयाँ एआई कम्पनि बनाएको घोषणा गरेको हो । मुकेश अम्बानी र मार्क जुकरबर्गका कम्पनीहरूले यस संयुक्त उद्यममा संयुक्त रूपमा ८५५ करोड भारु लगानी गरेका छन् । रिलायन्स इन्टेलिजेन्स लिमिटेडले फेसबुकको भारतीय शाखासँगको सहकार्यमा यो नयाँ कम्पनी बनाइएको छ । यो नयाँ कम्पनीले कृत्रिम बुद्धिमत्ता (एआई) सेवाहरूको विकास, मार्केटिङ र बिक्रीमा काम गर्नेछ । रिलायन्स इन्टेलिजेन्स लिमिटेडमा रिलायन्स इन्डस्ट्रिजको ७० प्रतिशत हिस्सेदारी रहेको छ भने मेटा प्लेटफर्म इंकको सहायक…
Read More
दुर्गा प्रसाई भन्छन्- सरकारले वार्तामा बोलाए स्वागत गर्छौं

दुर्गा प्रसाई भन्छन्- सरकारले वार्तामा बोलाए स्वागत गर्छौं

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले सरकारले वार्तामा बोलाएमा त्यसलाई स्वागत गर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै प्रसाईले सरकारले आधिकारिक रुपमा वार्तामा बोलाएको हो भने त्यसको स्वागत गर्ने बताउदै जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने आफ्नो मूल्यांकन रहेको बताएका हुन् । उनले भनेका छन्:  सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ । जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ । वार्ता गर्न बोलाउँदैमा मात्रै होइन, राष्ट्र र नागरिक…
Read More