काठमाडौँ । नेपाल संवत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् "न्हूदँया भिन्तुना" (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरी आजको दिन मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।…
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको आज गोवर्धन पर्वत, बली, गोरु र बलिको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रमा उल्लेख छ । बली, हलि एवम् गोरु पूजा भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बली राजाको…
काठमाडौँ । नेकपा एमालेले मंगलबार भएको सर्वदलिय बैठकमा १० बुँदे धारणा राखेको छ । प्रधानमन्त्री सुशिला कार्कीले बोलाएको निर्वाचन केन्द्रित छलफलमा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी रहेका थिए । एमालेले सो बैठकमा निर्वाचनमा भाग लिन सकारात्मक रहेपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको धारणा राखेको थियो । बैठकमा एमालेका तर्फबाट राखिएको १० बुँदे धारणा: १- हाम्रो पार्टीले “जेन्जी” का नाममा नयाँ पुस्ताले उठाउँदै आएका मागहरूलाई सदैव सकारात्मक दृष्टिले हेर्दै आएको छ। तर, उक्त आन्दोलनमा स्वार्थी र आपराधिक तत्वहरूको घुसपैठ भई शान्तिपूर्ण आन्दोलनलाई नियोजित रूपमा हिंसात्मक रूप दिइएको विषयमा पार्टी गम्भीर र चिन्तित छ।२३ गतेको घटनामा स्कुले विद्यार्थीमाथि…
धनगढी । विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । विपिनको मंगलबार बिहान कञ्चनपुरको महाकाली नदीको भुजेला घाटमा राष्टिय सम्मानसहित अन्त्येष्टि गरिएको हो । कञ्चनपुरको भिमदत्तनगरपालिका- ८ को भाषीस्थित घरबाट शवयात्रा गरिएको थियो । शवयात्रामा हजारौं स्थानीयसहित आफन्त, जनप्रतिनिधि र संघसंस्थाका प्रतिनिधिहरू उपस्थित रहेका थिए । त्यस्तै इजरायली राजदूत श्मुलिक आरी बाससहितको टोलीले परिवारलाई समवेदना दिएको छ । सोमबार इजरायलबाट काठमाडौं ल्याइएको शवलाई विमानस्थलमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले श्रद्धाञ्जली दिएका थिए। नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी पुर्याइएको शव परिवारलाई बुझाइएको थियो। इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’…
काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चवापत ४८ लाख ५८ हजार रुपैयाँ निकासा दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चवापत प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले वितरण गर्न यो रकम पठाइएको हो । पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइसकिएको गृह मन्त्रालयले जनाएको छ । प्राविधिक समितिले वर्गीकरण गरेपश्चात् घाइते भएका व्यक्तिहरूलाई बर्गीकरणका आधारमा उचित राहतको व्यवस्था गर्ने गरी तत्कालका लागि भैपरी खर्चवापत रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गत असोज १२ गते गरेको थियो । हालसम्म स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले २ हजार ४२९ जना घाइतेको विवरण…