काठमाडौँ । लक्ष्मी पुजाको साँझ विद्युतको उच्च माग १६५० मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले सोमबार साँझ ६: ५० बजे नेपालमा आन्तरिक विद्युतको उच्च माग १६५० मेगावाट पुगेको थियो । त्यस्तै सोहि समयमा प्राधिकरणले १०१५ मेगावाट निर्यात समेत गरेको जानकारी दिएको छ । विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो । २०७३ सालको भदौमा विद्युत माग र आपूर्तिको व्यवस्थापन गरी सोही वर्षको लक्ष्मीपूजाको दिनबाट…
काठमाडौँ । नेप्सेमा आजपनि गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन विहिबार नेप्से १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा पुगेर रोकिएको छ । आज ३११ कम्पनिका ७६ लाख ४३ हजार ६३५ कित्ता शेयर ३ अर्ब २७ करोड ५४ हजार ८६४ मा कारोबार भएको थियो । आज बैंकिङ र म्युचुअल फन्ड क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ । आज हिमालयन पावर पार्टनरको शेयरमा सबैभन्दा बढी ९.९३ प्रतिशतले बढेको छ भने कालिका लघुवित्तको शेयर ५.६९ प्रतिशतले बढेको छ । त्यस्तै आज समाज लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ भने युनिक नेपाल लघुवित्तको शेयर ७.३३ प्रतिशतले घटेको छ । त्यस्तै आज…
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् । विहिबार स्वास्थ्य सचिव डा विकास देवकोटासँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी हुन् । स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारीमा रहेकी प्रधानमन्त्री कार्कीले आन्दोलनको विषय बुझेर तत्काल सम्बोधन गर्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाँचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलित भएका छन् । मन्त्रालयले सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिक सरकारले तोके बमोजिम ३४ हजार ७३० रुपैयाँ हुनुपर्ने निर्णय गरेपनि सो…
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति खड्काले मंसिरमा नियमित महाधिवेशनमा जोड दिनुपर्ने धारणा राखेका छन् । विहिबार केन्द्रीय समितिको बैठकमा बोल्दै खड्काले विशेष महाधिवेशनका लागि विधानमा व्यवस्था भएअनुसार हस्ताक्षर आएको जानकारी गराउदै त्यसमा अध्ययन गरेर प्रक्रिया अगाडि बढाउने बताए । उनले भने- 'मलाई विश्वास छ, विशेष अधिवेशनका मागकर्ता साथीहरूले मंसिर मसान्तभित्रमा नियमित अधिवेशन हुनुपर्छ भन्ने विषय मुख्य हो भन्नुभएकाले यो बैठक टुंगिने बेलासम्म हामी नियमित महाधिवेशन समयमै गर्ने समझदारीमा पुग्ने छौं ।' कार्यवाहक सभापतिले विशेष महाधिवेशन आवश्यक नरहेकाले मंसिरमा नियमित महाधिवेशन गर्ने विषयमा टुंगो लगाउनुपर्ने धारणा राखेका थिए । बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षरसहितको प्रस्ताव दर्ता गराएका थिए…