खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts
एमालेको केन्द्रीय कमिटीको बैठक आजपनि जारी

एमालेको केन्द्रीय कमिटीको बैठक आजपनि जारी

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने छ । बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महल पार्टी प्यालेसमा बिहान ८ बजेदेखि शुरु हुदैछ । बुधबारदेखि शुरु भएको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम शरू भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । बुधबारको बैठकमा ५० जना केन्द्रीय सदस्यहरुले आफ्नो धारण राखेको बताउदै गौतमले धारणा राख्नेक्रम आज पनि जारी रहने बताएका छन् । बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्नका लागि तीन मिनेटको समय दिइएको र त्यो भन्दा बढी कुरा राख्नुपर्ने भएमा लिखित रुपमा बुझाउन सकिने व्यवस्था गरिएको उनले बताए । एमालेका केन्द्रीय सदस्यहरुले अन्तरिम सरकारको गठन, जेनजीको…
Read More
आज विश्व खाद्य दिवस मनाइदै

आज विश्व खाद्य दिवस मनाइदै

काठमाडौँ  । आज ४५औं विश्व खाद्य दिवस मनाइदैछ । 'राम्रो खाना र राम्रो भविष्यका लागि सँगै हातेमालो गर्दै' भन्ने मूल नाराका साथ विहिबार विश्वभर विभिन्न कार्यक्रम गरी विश्व खाद्य दिवस मनाइँदै छ । सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको २०औँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिन अक्टोबर १६ मा खाद्य दिवस मनाउने प्रस्ताव पारित गरे अनुरूप सन् १९८१ देखि विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदै आइएको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को आह्वानमा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको तथ्याङ्कअनुसार हाल विश्वमा झन्डै ७० करोडभन्दा बढी मानिसले नियमितरुपमा पर्याप्त खाना पाइरहेका छैनन् ।…
Read More
ओली नेतृत्वमा नरहे एमालेसँग पनि एकता हुन सक्छ- प्रचण्ड

ओली नेतृत्वमा नरहे एमालेसँग पनि एकता हुन सक्छ- प्रचण्ड

धादिङ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको सम्भावित एकता सम्बन्धमा स्पष्ट संकेत दिएका छन् । धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए । उनले भने- 'अबको माओवादीको लाइन भनेको चुनाव हो ।' साथै, तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी प्रचण्डले दिए । एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उनले स्पष्ट पारे- 'केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुदैन । तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ ।' कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै प्रचण्डले युवा पुस्ताले…
Read More
काँग्रेसमा विशेष महाधिवेशनको माग, कार्यवाहक सभापतिलाई बुझाइयो हस्ताक्षर

काँग्रेसमा विशेष महाधिवेशनको माग, कार्यवाहक सभापतिलाई बुझाइयो हस्ताक्षर

काठमाडौँ । काँग्रेसमा विशेष महाधिवेशनको माग राख्दै संकलित हस्ताक्षर कार्यबाहक सभापति पुर्ण बहादुर खडकालाई बुझाइएको छ । कांग्रेस नेता गुरु घिमिरेले विशेष अधिवेशनको माग गर्दै ५३ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको जानकारी दिएका छन् । सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशन गर्ने बताए पनि उनी पक्षका नेताहरु मंसिर भित्र महाधिवेशन गर्न तयार नभएपछि आज विसहेश महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाइएको छ । काँग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको छ ।  
Read More
दुई महिनामा रेमिटेन्स ३३.१ प्रतिशतले बढ्यो

दुई महिनामा रेमिटेन्स ३३.१ प्रतिशतले बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८२- ८३ को दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको दुई महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्टमा रेमिटेन्स ३३.१ प्रतिशतले बढेर ३५२ अर्ब ८ करोड पुगेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । २०८२ भदौ महिनाको विप्रेषण आप्रवाह १७४ अर्ब ६७ करोड रहेको छ भने अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १२७ अर्ब ९९ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो…
Read More