काठमाडौँ । परराष्ट्र मन्त्रालयले विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया शुरु भएको जानकारी दिएको छ । विपिन जोशीको मृत्यु भएको पुष्टि भएको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले नेपाली राजदूतावासका प्रतिनिधिले आज तेल अविवस्थित नेशनल सेन्टर फर फोरेन्सिक मेडिसिनको भ्रमण गरी थप पुष्टि गरेको उल्लेख गर्दै नेपाली राजदूतावासले इजरायलका सम्बन्धित निकायहरूसँग समन्वय गरी शव नेपाल पठाउने प्रक्रिया शुरू गरेको बताएको छ । त्यस्तै आज अपरान्ह परराष्ट्र सचिव अमृत बहादुर राईले इजरायलको परराष्ट्र मन्त्रालयका समकक्षी डाइरेक्टर जनरल महामहिम एडन बर तालसँग टेलिफोन कुराकानीमा तालले विपिन जोशीको दु:खद निधन भएको औपचारिक जानकारी गराउँदै इजरायल सरकारको तर्फबाट मृतकप्रति श्रद्धान्जली ब्यक्त गर्दै निजको परिवार, नेपाल सरकार…
काठमाडौं । नेपाली काँगेसको केन्द्रीय समितिको बैठक जेनजी आन्दोलनपछि पहिलोपटक आजदेखि शुरु हुदै छ । बैठक आज दिउसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा शुरु हुदैछ । यस बैठकको मुख्य एजेन्डा कांग्रेसको महाधिवेशन कहिले गर्ने भन्ने रहेको छ । अहिले कांग्रेसमा नियमित महाधिवेशन र विशेष महाधिवेशन बारे बहस चलिरहेको छ । अर्कोतर्फ केन्द्रीय समितिको बैठकका एजेण्डा तय नभएपछि केहि दिनदेखि बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले महाधिवेशनसम्बन्धी तालिकामा सहमति नजुट्दा मंगलबार ११ बजे फेरी बैठक बोलाइएको छ । सो बैठकले एजेन्डा तय गरेपछि र दिउसो १ बजेदेखि केन्द्रीय समितिको बैठक शुरु गर्ने बताइएको छ । अर्कोटार्ग एक पक्षले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन…
काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइदैछ । हरेक वर्ष विश्व समुदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रूपमा मनाउने गर्दछ । यस बर्षको अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवसको नारा 'विपद्पछि मात्र खर्च गर्नुको सट्टा, रोकथाम र तयारीमा लगानी गरौं' भन्ने रहेको छ । पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै विभिन्न प्राकृतिक प्रकोपहरूको सम्भाव्य जोखिममा रहेको छ । अझ मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायु परिवर्तन आदिले त झन् प्राकृतिक प्रकोपको जोखिम बढाएको छ । नेपाल छोटा-छोटा दूरीमा फरक भू-बनोट, हावा-पानी कालागि नेपालले पनि पछिल्ला समयमा धेरै प्राकृतिक विपत्तिहरूको सामना गरिरहेको छ…
काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले जेनजीसहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई गुटबन्दी नगर्न अनुरोध गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गर्दा झनै धेरै नोक्सान हुने टिप्पणी गर्दै जेनजीसहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई गुटबन्दी नगर्न अनुरोध गरेका हुन् । उनले गुटबन्दी र खुट्टा तानातान गऱ्यो भने कसलाई फाईदा हुने रहेछ भन्ने कुरा इतिहासको पानाबाट पनि सिकौं भन्दै पाँच वटा उदाहरण समेत दिएका छन् । १- नाबालक राजा रणबहादुर शाहको प्रतिनिधि कसले गर्ने भनेर सुरु भएको गुटबन्दी र खुट्टा तानातान गीर्वाण युद्ध बिक्रम र राजेन्द्र बिक्रम शाहको पाला सम्म आई पुग्दा चरम…
काठमाडौँ । किम जोङ उनले आफ्नो पार्टीको ८०औं वार्षिकोत्सवमा विश्वको सबैभन्दा विनाशकारी क्षेप्यास्त्र प्रदर्शन गरेका छन् । वार्षिकोत्सवको परेडमा विश्वको सबैभन्दा उन्नत हतियारहरू प्रदर्शन गरिएको थियो, जसमा यसको नयाँ ह्वासोङ-२० अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र पनि समावेश थियो, जसलाई किम जोङ उनले 'सबैभन्दा शक्तिशाली आणविक रणनीतिक हतियार प्रणाली' भनेर वर्णन गरेका छन् । तस्बिरहरूमा उत्तर कोरियाली राजधानीको सडकमा रंगीन परम्परागत पोशाकमा सजिएका हजारौं मानिसहरू राति अबेरसम्मको कार्यक्रममा भेला भएका, राष्ट्रिय झण्डा फहराउँदै र मुख्य सडकहरूमा गोलीबारीको गर्जनको आवाजमा किम जोङ उनको जयजयकार गरिरहेका देखाइएको थियो । सो अवसरमा रूसी सुरक्षा परिषद्का उपप्रमुख तथा राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगी दिमित्री मेदवेदेव, चिनियाँ प्रधानमन्त्री…