खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts
एमाले सचिवालय बैठक आज बस्दै, ओलीलाई नेतृत्व छोड्न बढ्यो दबाब

एमाले सचिवालय बैठक आज बस्दै, ओलीलाई नेतृत्व छोड्न बढ्यो दबाब

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । शनिबार बस्ने भनिएको बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि सचिवालय बैठक स्थगित भएको थियो । शुक्रबारदेखि सुरु भएको बैठक आज बस्न लागेको हो । बैठक आज बिहान ११ बजेदेखि ओलीको भक्तपुरस्थित निवास गुण्डुमा बस्दैछ । बैठकमा अध्यक्ष ओलीले नेतृत्व छोड्नुपर्ने माग बढेपछि दबाबमा रहेका छन् । सचिवालयका अधिकांश सदस्यले ओलीले पद छोड्नुपर्ने माग गरेका छन् । १९ सदस्यीय केन्द्रीय सचिवालयमा हाल १८ जना रहेका छन् । जसमा ओलीको पक्षमा उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा सचिव पदमा अर्याल मात्र देखिएका छन् ।…
Read More
ओलीले एमाले भक्तपुरको कार्यक्रमलाई सम्बोधन गर्दै

ओलीले एमाले भक्तपुरको कार्यक्रमलाई सम्बोधन गर्दै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । एमालेको जिल्ला कमिटी भक्तपुरले सूर्यविनायक नगरपालिका- ७ गुण्डुमा आयोजना गरेको विशेष कार्यक्रमलाई ओली प्रमुख अतिथि रहने र सम्बोधन गर्ने एमाले नेता महेश बस्नेतले जानकारी दिएका हुन् । ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिति र नेता कार्यकर्ताहरुले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्रीबाट राजीनामा दिएपश्चात ओलीले दसैं अगाडि युवा संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका थिए भने निवासबाटै पार्टीका बैठक र अन्य गतिबिधि शुरु गरेका छन् ।
Read More
आजपनि बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

आजपनि बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आजपनि सुनको मुल्य बढेको छ र अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको १२ सयले बढेर तोलाको २ लाख ३९ हजार २ सयमा कारोबार भइरहेको छ । यस अघि बुधबार सुन तोलाको २ लाख ३८ हजारमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर ३०२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २९५५ मा कारोबार भएको थियो ।
Read More
ऊर्जामन्त्री घिसिङबाट विद्युत् भार प्रेषण केन्द्रको अनुगमन

ऊर्जामन्त्री घिसिङबाट विद्युत् भार प्रेषण केन्द्रको अनुगमन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको  विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् । काठमाडौंको स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गरी मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी पहिरोबाट क्षति भएका विद्युत् आयोजनाहरुलगायतका विषयमा जानकारी लिएका थिए । देशका विभिन्न ठाउँबाट छिनछिनमा वत्ति जाने गरेको गुनासो आइरहेको भन्दै प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहनु भएका मन्त्री घिसिङले विद्युत प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने आवश्यक नीतिगत एवम्…
Read More
जेनजी प्रदर्शनका नाममा भएको लुटपाट र आगजनी गर्नेलाई कारबाही गर्न निजी क्षेत्रको माग

जेनजी प्रदर्शनका नाममा भएको लुटपाट र आगजनी गर्नेलाई कारबाही गर्न निजी क्षेत्रको माग

काठमाडौँ । निजी क्षेत्रका तीन वटै छाता संगठनले संयुक्त रूपमा जेनजी प्रदर्शनका नाममा भएको घुसपैठ, लुटपाट र आगजनीमा संलग्नमाथि तत्काल कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थमन्त्री रामेश्वर खनालसँगको भेटमा उक्त धारणा राखेका हुन् । अर्थमन्त्रीसँग भेटका क्रममा निजी क्षेत्रका प्रतिनिधिले सकारात्मक परिवर्तनका लागि युवाहरूले गरेको आन्दोलनमा भएको घुसपैठले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा राख्ने निजी क्षेत्रमाथि आक्रमण भएकामा गुनासो गरेका छन् । पछिल्लो घटनाक्रमबाट उद्यमी व्यवसायी निरुत्साहित बनेको र यस्ता घुसपैठ, लुटपाट एवं…
Read More