खोज्नुहोस

खसरैवार

खसरैवार

891 Posts

आज विश्व ग्रामीण विकास दिवस मनाइदै

काठमाडौँ । हरेक वर्ष जुलाई ६ मा विश्व ग्रामीण विकास दिवस मनाइन्छ । ग्रामीण समुदायले खाद्य सुरक्षा, गरिबी न्यूनीकरण, कृषि उत्पादन र दिगो विकासमा पुर्‍याएको योगदानको सम्मान गर्दै यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२४ सेप्टेम्बर ६ मा जुलाई ६ लाई विश्व ग्रामीण विकास दिवसका रूपमा औपचारिक मान्यता दिएको हो । यसको उद्देश्य ग्रामीण क्षेत्रमा रहेका गरिबी, असमानता र विकासका चुनौतीप्रति विश्व समुदायको ध्यानाकर्षण गराउनुका साथै कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, जलवायु अनुकूलन र रोजगारीमा लगानी बढाउन प्रोत्साहन गर्नु हो । संयुक्त राष्ट्रसंघका अनुसार विश्वका करिब ८० प्रतिशत अति गरिब मानिस ग्रामीण क्षेत्रमा बसोबास गर्छन्, जहाँ दैनिक आम्दानी…
Read More

अन्तर्राष्ट्रिय फुटबल यात्रालाई नेइमारले दिए पूर्णविराम

काठमाडौँ । ब्राजिलका स्टार फरवार्ड नेइमारले राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरेका छन् । फिफा विश्वकपको अन्तिम १६ मा नर्वेसँग २- १ गोलले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि उनले अन्तर्राष्ट्रिय फुटबल यात्रालाई पूर्णविराम दिएका हुन् । अमेरिकाको मेटलाइफ रंगशालामा आइतबार भएको खेलपछि भावुक बनेका ३४ वर्षीय नेइमार मैदानमै आँसु झार्दै देखिएका थिए । उनले यही रंगशालाबाट आफ्नो यात्रा सुरु भएको र यहीँ अन्त्य भएको भन्दै अब राष्ट्रिय टोलीका लागि नखेल्ने घोषणा गरे । नेइमार मे महिनामा सान्तोस फुटबल क्लबबाट खेल्ने क्रममा पिँडुलाको चोट बोकेका कारण विश्वकप टोलीमा पर्ने वा नपर्नेमा अन्योल थियो । तर प्रशिक्षक कार्लो आन्सेलोटीले उनलाई अन्तिम टोलीमा समेटेका…
Read More

सरकारले सय दिनमा के के गर्यो ? (पूर्ण पाठ)

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारले आफ्नो सय दिनमा गरेका कामको  विवरण सार्बजनिक गरेको छ । सरकारका १०० दिनका उपलब्धीबारे शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले शनिबार जानकारी गराएका हुन् । शाह नेतृत्वको सरकारको सरकार गठन भएको आज सय दिन पुरा भएको हो । सरकारका एक सय दिनका मुख्य उपलब्धिहरु सम्वत् २०८२ भदौ २३ र २४ गते जेन्जी पुस्ताको नेतृत्वमा सम्पन्न ऐतिहासिक जनआन्दोलनबाट अभिव्यक्त सुशासन, उत्तरदायी शासन तथा शासकीय रूपान्तरणप्रतिको जनआकाङ्क्षालाई लोकतान्त्रिक प्रक्रियामार्फत संस्थागत गर्दै २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिब दुइ तिहाई…
Read More

विश्वकपको अन्तिम १६ को समीकरण पुरा, कसको प्रतिद्वन्दी को ?

काठमाडौँ । जारी फिफा विश्वकपको अन्तिम १६ को समीकरण पुरा भएको छ । शनिबार बिहान अन्तिम ३२ का खेलहरुसकिएसँगै नकआउट चरणको अन्तिम १६ को समीकरण पुरा भएको हो । अन्तिम ३२ बाट जर्मनी, नेदरल्याण्डस, सेनेगल, जापान जस्ता देशहरु बाहिरिएका छन् भने केप भर्डेजस्तो सानो देशले अनुशासित र शानदार फुटबल खेलेर सबैलाई प्रभावित पारेको छ । विश्वकपबाट बाहिरिए पनि अर्जेन्टिना जस्तो बलियो टिमलाई केप भर्डेले दिएको चुनौतीको सबैले प्रसंशा गरेका छन् । विश्वकपको अन्तिम १६ मा आयोजक तीन देश अमेरिका,मेक्सिको र क्यानडा पुगेका छन् । त्यस्तै फ्रान्स, पराग्वे, मोरक्को, पोर्चुगल, स्पेन, बेल्जियम, ब्राजिल नर्वे, इङल्याण्ड, अर्जेन्टिना, इजिप्ट, स्वीजरल्याण्ड र कोलोम्बिया पुगेका…
Read More

आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै

काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । नेपालसहित विभिन्न देशमा जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ ।  यस बर्षको सहकारी दिवसको नारा ‘शान्तिपूर्ण विश्वका लागि सहकारी’ रहेको छ । सन् १८४४ मा बेलायतका रबर्ट ओवेनले सुरुवात गरेको सहकारी आन्दोलनले सन् १९९२ मा संयुक्त राष्ट्रसंघको मान्यता प्राप्त गरेको हो । सन् १९९२ को डिसेम्बर १६ मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले हरेक वर्ष जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने घोषणा गरेयता विश्वभर नै प्रत्येक वर्ष जुलाईको पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको छ । नेपालमा भने विस २०१० सालमा सहकारी सोचको संस्थागत विकास भएको हो । तर…
Read More