काठमाडौँ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा दुर्घटना हुंदा बेपत्ता गाडी तथा यात्रुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट समेत गोतखोर टोली खटिएको छ । सशस्त्र प्रहरी निरीक्षक प्रेम बहादुर तामाङ्गको कमाण्डमा ४ चार जना गोताखोरसहितको टोली असार १९ गते त्यसतर्फ हिडेको हो । आज असार २० गते घटनास्थल पुगेर ती उपकरणसहित खोजीकार्य हुनेछ । सो टोलीले पानीमुनि तथा पानीको भेलमा खोज्नको लागि प्रयोग हुने सोनार क्यामर सोनार क्यामरा र म्याग्नेट लगायतका उपकरण लिएर गएको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी असार १८ गते सडकबाट…
काठमाडौँ । नेप्से आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ८.३० अंकले घटेर २६५३.४० विन्दुमा पुगेर रोकिएको छ । आज ३४५ कम्पनिका ८५ लाख ८४ हजार ४०१ कित्ता शेयर ४ अर्ब ४१ करोड २३ लाख ४० हजार ५३७ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, हाइड्रो, माइक्रोफाइनान्स र ट्रेडिङ बाहेक अन्य क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सानीगाड हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्नो रिभरको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी अपर लोहोरे खोला हाइड्रोको शेयर १३.६५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एग्रीकल्चरल…
काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको अन्तिम ३२ चरणमा प्रतियोगिताकै सबैभन्दा ठूलो आकर्षणमध्ये एक मानिएको अर्जेन्टिना र पहिलो पटक विश्वकप खेलेको केप भर्डेबीच भोली बिहान खेल हुदैछ । अमेरिकाको मियामीमा हुने यो खेल नेपाली समय अनुसार भोली बिहान ३: ४५ बजेदेखि शुरु हुँदैछ । विश्वकपमा पहिलो पटक सहभागी भएका चार टोलीमध्ये केप भर्डे मात्र नकआउट चरणमा पुग्न सफल भएको हो । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको केप भर्डेले अब साविक विजेता अर्जेन्टिनाको चुनौती सामना गर्नेछ । अर्जेन्टिना समूह चरणका तीनै खेल जित्दै अपराजित रूपमा अन्तिम ३२ मा पुगेको हो । उता, केप भर्डेले तीनै खेल बराबरी खेल्दै नकआउट चरणमा स्थान…
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयमा आकस्मिक अनुगमन गरेका छन् । मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको टोलीसँग कार्यालय पुगेएकी यादवले सेवा प्रवाह, प्रविधिको प्रयोग तथा प्रशासनिक व्यवस्थाको अवस्थाबारे जानकारी लिएकी हुन् । अनुगमनका क्रममा कम्पनी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले पछिल्लो एक महिनामा कार्यालयले गरेको सुधारबारे मन्त्री यादवलाई जानकारी गराएका थिए । उहाँका अनुसार सरकारको शासकीय सुधारसम्बन्धी प्रतिवेदनको सुझाव कार्यान्वयन गर्दै कम्पनी दर्ता प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा रूपान्तरण गरिएको छ । नयाँ व्यवस्थाअनुसार अब कम्पनी दर्ताका लागि सेवाग्राही कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ। घरबाटै अनलाइनमार्फत सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने व्यवस्था लागू गरिएको छ ।…
काठमाडौँ । पोर्चुगलले अतिरिक्त समयको ठीकअघि गरेको निर्णायक गोलको मद्दतमा क्रोएसियालाई २-१ ले पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । खेलको निर्धारित समय सकिनै लाग्दा ९४औँ मिनेटमा गोन्कालो रामोसले विजयी गोल गर्दै पोर्चुगललाई रोमाञ्चक जित दिलाएका हुन् । राफाएल लियाओको उत्कृष्ट क्रसमा दुई क्रोएसियाली रक्षकभन्दा माथि उफ्रिँदै उनले हेडमार्फत गोल गरेका थिए । पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५३औं मिनेटमा क्रोसियाका इभान पेरिसिकले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । यसअघि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले खेलको ६८औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै विश्वकपको नकआउट चरणमा पहिलो पटक गोल गर्ने उपलब्धि हासिल गरेका…