खोज्नुहोस

खसरैवार

खसरैवार

891 Posts

इच्छाकामनाका प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गर्ने दुई जना पक्राउ

चितवन । चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारस्थित इच्छाकामना गाउँपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कुटपिट भएको घटनामा दुई जनालाई पक्राउ गरिएको छ । बिहीबार बिहान करिब १०: ३० बजे ठेक्कापट्टा सम्बन्धी विषयमा प्रमुख प्रशासकीय अधिकृत बस्नेतको कार्यकक्षमा छलफल भइरहेका बेला खगेडी खोलाको ठेक्का लिएका मुख्य ठेकेदार लालबहादुर गोलेसँग आएका उनीहरुले वादविवाद गर्दै कुटपिट गरेका थिए । कुटपिटमा संलग्न व्यक्तिहरू प्रदेश ३-०१-०२३ च ८४६० नम्बरको स्कार्पियोमा फरार रहेको र खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय गजुरी, धादिङले उक्त स्कार्पियोसहित चालक जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका १८ बस्ने ३७ वर्षीय वीरबहादुर मोक्तान (आकाश लामा) र जिल्ला चितवन भरतपुर महानगरपालिका १८ बस्ने २७ वर्षीय…
Read More

आज अन्तर्राष्ट्रिय प्लास्टिक झोला प्रयोगमुक्त दिवस मनाइदै

काठमाडौँ । हरेक वर्ष जुलाई ३ मा विश्वभर ‘अन्तर्राष्ट्रिय प्लास्टिक झोला प्रयोगमुक्त दिवस’ मनाइन्छ । वातावरणलाई हानि पुर्‍याउने एकपटक मात्रै प्रयोग हुने प्लास्टिक झोलाको प्रयोग घटाउने उद्देश्यका साथ यो दिवस मनाउने गरिन्छ । यो दिवस ‘जिरो वेस्ट युरोप’ नामक संस्थाको पहलमा सुरु भएको हो । संस्थाले दैनिक जीवनबाट एकपटक प्रयोग गरेर फालिने प्लास्टिकको प्रयोग पूर्ण रूपमा हटाउने अभियान सञ्चालन गर्दै आएको छ । संस्थाका अनुसार सन् २०१० मा युरोपेली सङ्घमा प्रयोग भएका करिब ९५ अर्ब ५० करोड प्लास्टिकका झोलामध्ये ९२ प्रतिशत एकपटक मात्रै प्रयोग हुने खालका थिए । यसले वातावरणमा ठूलो असर पारेको भन्दै प्लास्टिकको प्रयोग घटाउन अभियान सुरु गरिएको…
Read More

पेट्रोलपम्प बन्द गरेमा १० लाखसम्म जरिवाना गर्ने कानुन बनाइयो

काठमाडौं । सरकारले पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन बनाएको छ । नेपाल आयल निगमले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली संशोधन गरेर पम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र ५ दिनदेखि १५ दिनसम्म पेट्रोल, डिजेल वितरण रोक्का गर्ने कानुनी व्यवस्था गरिएको हो । पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउदा बुधबार बिहानदेखि दिनभर देशभर इन्धन आपूर्ति असहज भएको थियो । अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज गर्ने व्यवसायीलाई कारबाही गर्ने कानुनी आधारसमेत नभेटिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार साँझ नै नयाँ कानुनी व्यवस्था गरेको हो…
Read More

रास्वपाले आफ्ना सांसदहरूलाई डिजिटल प्लेटफर्म बारे अभिमुखीकरण गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरुलाई डिजिटल प्लेटफर्म बारे अभिमुखीकरण गर्ने भएको छ । रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार रास्वपालाई डिजिटल बनाउँदै लैजाने प्रकृयाअन्तर्गत निर्माण भएको प्लसआरएसपी नामक सिस्टमबारे प्रतिनिधि सभा सदस्यहरुलाई  जानकारी दिने र साइबर सुरक्षासम्बन्धी सचेतना समेत दिनेगरी सभापति रवि लामिछानेको उपस्थितिमा शुक्रबार संसदीय दलको कार्यालय सिंहदरवारमा अभिमुखीकरण कार्यक्रम हुने भएको हो । बैठकलगत्तै हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य सिस्टममा अपडेट गराउनुपर्ने, एकअर्कासँग भेटघाटका लागि अनलाइनबाटै समय माग गर्न सकिने, संसदमा बोल्ने विषयवस्तु समेत सोही सिस्टममा अपडेट हुनुपर्ने,  निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाटजस्ता कार्यक्रमको जानकारी समते सोही पोर्टलमा गराउनुपर्ने, नागरिकले सम्बन्धित निर्वाचन क्षेत्रका सांसदसँग…
Read More

विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ । विहिबार सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पौडेलकी पत्नी दोमायाले दायर गरेको रिट खारेज गरेको हो । योसँगै पौडेल तत्काल नछुट्ने भएका छन् । पौडेललाई आजै मात्र विशेष अदालतले थप ६ दिन म्याद थप गरेको छ ।  यसअघि यहि असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई विशेष अदालतले यसअघि सात दिन र असर १५ गते तीन दिनको म्याद थप गरेको थियो ।  
Read More